घरेलु मदिराको ब्राण्डीङ गर्ने मालिकाको नीति

Gandaki Pardesh notice

दरवाङ, । म्याग्दीको मालिका गाउँपालिकाले स्थानीय घरेलु रक्सीको ब्राण्डीङ गर्ने नीति तथा कार्यक्रम बनाएको छ ।

दरवाङको छ्यारछ्यारेमा मंगलबार शुरु भएको १३ औ गाउँसभामा अध्यक्ष बेगप्रसाद गर्बुजाले घरेलु मदिरा ब्राण्डीङ गर्ने, बाँझो जमिनमा खेती गर्नेलाई अनुदान दिने लगायतका विषय समेटिएका नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो ।

अध्यक्ष गर्वुजाले प्रस्तुत गर्नुभएको आर्थिक बर्ष २०८०÷०८१ को नीति तथा कार्यक्रम सर्वसम्मत पारित भएको छ । कोदो, जौ, उवा, जंगली फलफुल चुत्रे, औसेलु, जानमान्द्रो प्रशोधन गरेर घरेलु मदिरा बनाउने व्यवसायलाई व्यवस्थित र आम्दानीको स्रोतको रुपमा विकास गर्ने गाउँपालिकाको योजना छ ।

Shreekrishna hardwear in news

“किसान चौतारी, जोतौँ खेतबारी” कार्यक्रम संचालन गरि बाँझो जग्गामा खेती गर्ने किसानलाई प्रोत्साहन, कृषि औजार खरिदमा किसानलाई अनुदान दिने, विद्यालयको दिवा खाजा कार्यक्रममा स्थानीय उत्पादनलाई प्राथमिकता दिने, गाँजो खेतीको सम्भाव्यता अध्ययन गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।

शिक्षा, स्वास्थ्य, संस्कृति, खेलकुद, लैंगिक समानता, आर्थिक विकास, उद्योग तथा पर्यटन विकास, कृषि तथा पशुपंक्षी, सहकारी, सार्वजनिक सेवा, सुशासन तथा क्षमता विकास, खानेपानी तथा सरसफाई, वातावरण तथा जलवायु परिवर्तन, विपद व्यवस्थापन, लगायतका क्षेत्र प्राथमिकता साथ समावेश भएका छन ।

Bhautik ministry notice about road

गाउँपालिकाले भौतिक पूर्वाधार विकास तर्फ शहरी योजना, वस्ती विकास, आवास तथा पूर्वाधारलाई प्राथमिकतामा राखेको छ । जीवन उपयोगी सिपमा आधारीत शैक्षिक पाठ्यक्रमको विकास गर्ने नीति लिएको छ ।

खुल्ला बहुसांस्कृतिक र मगर संग्रहालयको रुपमा विकास गर्न पूर्वाधार निर्माण गर्ने, युवालाई विदेश होइन विजनेस भन्ने भावनाको जागृत तुल्याई स्वरोजगार बनाउने, मृगौला, मुटु, उच्च रक्तचाप, मधुमेह जस्ता रोगहरुको निशुल्क जाँच र उपचारको व्यवस्था मिलाउने नीति लिएको छ ।

पालिकाले औद्योगिक प्रदर्शनी स्थलको सम्भाव्यता अध्ययन गरि निर्माण कार्य अघि बढाउने, गाउँपालिका भित्रका पर्यटकीय स्थलहरुलाई जोड्नका लागि पर्यटकीय सडक संजाल कार्यान्वय प्रारम्भ गर्ने जनाएको छ ।

सडक, खानेपानी, सिचाई तर्फ प्रयाप्त योजनाहरु सञ्चालन गर्ने भएको छ । कम विकसित क्षेत्रलाई मुल प्रवाहमा ल्याउन आयोजना वैंक तयार गरि सोही अनुसार बजेट विनियोजन गर्ने नीति पालिकाले लिने भएको छ ।

अध्यक्ष गर्वुजाले सुन्दर, समुन्नत र समृद्ध गाउँपालिका निर्माण गर्ने संकल्प अनुसार समस्त गाउँपालिका बासीको आवश्यकता र चाहनालाई ध्यानमा राखी आर्थिक बर्ष २०८०÷०८१ को नीति तथा कार्यक्रम तयार गरिएको बताउनुभयो ।

गाउँसभामा उपाध्यक्ष लक्ष्मी घर्ति पुनले पेस गर्नुभएको आर्थिक विधेयक २०८०, विनियोजन विधेयक २०८०, सहकारी विधेयक, न्यायीक सम्वन्धी कार्यविधि व्यवस्थित गर्न बनेको विधेयक पनि पारित भएको छ । आर्थिक बर्ष २०८०÷८१ को बजेट आगामी असार १० गते प्रस्तुत गर्ने कार्यक्रम तय भएको प्रमुख प्रशासकीय अधिकृत चुर्ण बहादुर कार्कीले बताउनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...