बादिकाको उकालोमा सडक ढलान

Gandaki Pardesh notice

बेनी, । म्याग्दीको धवलागिरि गाउँपालिका– ७ को बादीका भिरमा तीन सय मिटर सडक ढलान गरिएको छ । अप्ठेरो भिरमा सुरक्षित यात्राका लागि साँगुरो सडकलाई फराकिलो बनाएर सडक ढलान गरिएको हो ।

म्याग्दीको सदरमुकाम बेनी हुँदै दरबाङ–धारापानी–मुना र लुलाङ सडक अन्तर्गत बादीकाको उकालोमा भीर काटेर सडक फराकिलो बनाउने, साँघुरा घुम्तीलाई चौडा पारेर नालीसहित तीन सय मिटर सडक ढलान गरिएको पूर्वाधार विकास कार्यालय म्याग्दीका अधिकृत अर्जुन शर्माले बताउनुभयो ।

उहाँले धवलागिरि गाउँपालिकाबासीलाई सवारीसाधनमा आवातजावतमा जोखिमपूर्ण यात्रा गर्नुपर्ने जोखिमलाई न्युनिकरण गर्न नालीसहित ७ मिटर सडक फराकिलो बनाएर स्तरोन्नति योजना अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । दरवाङदेखि धारापानी सम्मको ७ किलोमिटर सडक स्तरोन्नति योजनामा करिब ९० प्रतिशत काम भएको इन्जिनियर अर्जुन शर्माले बताउनुभयो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

“बादिका भिरमा साँघुरो र उकालो सडक भएका कारण दुर्घटनाको जोखिम थियो । अहिले सडक फराकिलो र ढलान गरेपछि सहज भएको छ,” उहाँले भन्नुभयो “यस खण्ड स्तरोन्नति भएमा मालिका गाउँपालिका केन्द्र देखि धवलागिरि गाउँपालिकाको केन्द्र मुनासम्म सहज रुपमा यात्रा गर्न सकिन्छ । खाद्यान्न, विकास निर्माणका सामाग्री सहज रुपमा ओसारपसार गर्न सकिन्छ ।”

२०७६ चैत ४ गते ठेक्का सम्झौता भएको यस सडक खण्डमा निर्माण व्यवसायीको ढिलासुस्तीले गर्दा दुई पटक समय थपिएको थियो । चालू आर्थिक वर्षको असार मसान्तमा समय सिद्धिने पूर्वाधार विकास कार्यालय म्याग्दीले जानकारी दिएको छ ।

यस खण्डको सडकलाई नाली, मेसनरी वाल र ग्राभेल गर्ने गरी पूर्वाधार विकास कार्यालयले धुलिखेल ब्राइट कुवर जेभीसँग रु. १४ करोड ३८ लाख ६७ हजार मा २०७८ असारमा सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरेको थियो । दुई पटकसम्म म्याद थप भएको यस सडकको स्तरोन्नतिको काम अझै पुरा हुन सकेको छैन ।

राष्ट्रिय गौरवको मध्य पहाडी लोकमार्ग बागलुङको वैकल्पिक लोकमार्ग मानिएको बेनी–दरवाङ– मुना– गुर्जा, जलजला सडक छोटो दुरीको सडक पूर्णता र स्तरोन्नतिमा संघीय सरकारले प्राथमिकता नराख्दा ओझेलमा परेको धवलागिरि गाउँपालिका अध्यक्ष प्रेम पुनले बताउनुभयो । उहाँले यो सडकमा बजेट विनियोजनमा प्रदेश सरकारबाट प्राथमिकताका साथ अघि बढाउन लागि पहल भइरहेको अध्यक्ष पुनले भन्नुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...