मोना युएईले पूर्णता पायो

Gandaki Pardesh notice

बेनी, । म्याग्दी प्रवासी नेपाली संघ (मोना) युएईको आइतबार सम्पन्न भएको बैठकले चौथो अधिवेशनबाट (२०२३– २५) निर्वाचित कार्यसमितिलाई पूर्णता दिएको छ । (मोना) युएइले पुनः सुवास राम्जालीको नेतृत्वमा बनेको नयाँ कार्यसमितिलाई २१ सदस्यीय बनाउदै पूर्णता दिएको हो ।

मोना युएईले लुम्बिनी गेस्ट हाउस वर दुबईमा सम्पन्न गरेको बैठकले कार्यसमितिको सचिवमा शर्मिला कार्की र सदस्यहरुमा होम क्षत्री, रामबहादुर बुढाथोकी, विनोद केसी र हिमाल सुवेदीलाई मनोनित गरेको हो ।

त्यस्तै मोना युएईको प्रमुख सल्लाहकारमा रुद्र रोका मगर, सल्लाहकारमा बिक्रम अधिकारी, वेल फगामी, भिम कुमार राना र रामचन्द्र शर्मालाई चयन गर्दै कार्यसमितिलाई पूर्णता दिएको महासचिव काजीमान बुढाथोकीले जानकारी दिनुभयो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

यस अघि सम्पन्न चौथो अधिवेशनबाट राम्जालीको नेतृत्वमा रहेको कार्यसमितिको बरिष्ठ उपाध्यक्षमा किरन खत्री (नविन), उपाध्यक्षमा बेकप्रसाद पुन, टेक फगामी र यमकुमारी रोका, महासचिवमा बुढाथोकी, सचिवमा नरप्रसाद छन्त्याल, कोषाध्यक्षमा कुमार कार्की र सह–कोषाध्यक्षमा चन्द्र भण्डारी रहनुभएको थियो ।

त्यस्तै सदस्यहरुमा लोकेन केसी, मुना श्रीपाली, रमेश भण्डारी, खिमकुमारी रोका, गोपाल केसी, यमराज घर्ती, पार्वती अर्मजा रहनुभएको थियो । लुम्बिनी गेस्ट हाउस वर दुबईमा सम्पन्न भयको मोना युएईको २०२३–२५ को लागि निर्वाचित कार्यसमितिका अध्यक्ष राम्जालीको अध्यक्षता, महाचिव काजीमान बढुाथोकीको संचालनमा भएको बैठकमा मोना आईईसी उपाध्यक्ष मोना युएईका संरक्षक ई. नन्द गर्वुजा मगरको विषेश आतिथ्यतामा सप्पन्न भएको थियो ।

बैठकले साधारसभाको समिक्षा एवम् आगामी मोनामा म्याग्देलीहरुलाई कसरी समेट्न सकिन्छ भन्ने विषयमा छलफल गरेको थियो । युएईले नेपाल सरकारले घोषणा गरेको राष्ट्रिय चार्डपर्वहरुमा विविध कार्यक्रम गरेर म्याग्देलीहरुको एकता र भाईचारा सम्वन्ध बलियो बनाउन मोनाका उपाध्यक्ष गर्वुजाले सुझाव दिनुभएको थियो ।

रोजगार र ब्यवसायको शिलशिलामा युएई पुगेका म्याग्देली युवाहरुले जिल्लाको विकास र आर्थिक क्षेत्रमा महत्वपूर्ण योगदान गर्दै आएका छन् ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...