मंगला र ताराखोला गाउँपालिका जोड्ने सडक निर्माण

Shreekrishna hardware

बेनी, । म्याग्दीको मंगला गाउँपालिका र बागलुङको ताराखोला गाउँपालिका जोड्ने सडक निर्माण भएको छ ।

गण्डकी प्रदेश सरकार र मंगला गाउँपालिकाको सहयोगमा उपभोक्ता समिति मार्फत म्याग्दीको मंगला गाउँपालिका–३ बरंजा, वडा नम्बर ४ को महेश, धापुङ हुदै ताराखोला गाउँपालिकाको सिर्खु जोड्ने सडक निर्माण भएको हो ।

सडक निर्माण भएपछि म्याग्दीको सिंगा तातोपानी देखि ताराखोला गाउँपालिकाको केन्द्र भातखाने डाडाँ दुई घण्टामै पुग्न सकिने भएको मंगला–४ धापुङका उमेश विश्वकर्माले बताउनुभयो । “यसअघि मंगलाको अर्मन–किमचौर हुदै ताराखोला पुग्न चार घण्टा लाग्ने गरेको थियो,” उहाँले भन्नुभयो “२० किलोमिटर दुरिको सडक निर्माण भएपछि तातोपानी देखि दुई घण्टामै ताराखोला पुग्न सकिने भएको छ ।”

Shreekrishna

ताराखोलाका बासिन्दाहरुलाई बागलुङको सदरमुकाम पुग्न पनि यो सडक छोटो र छिटो भएको छ । दुई वटा पालिकाका करिब एक हजार घरधुरी यो सडकबाट प्रत्यक्ष लाभान्वित भएका छन् । आवत जावत, निर्माण सामग्री ढुवानी र कृषि उपज निकासीका साथै अस्पताल पुग्न छिटो र सहज भएको धापुङका मनबहादुर थजालीले बताउनुभयो ।

Ban devision notice

सडकमा जिप, ट्याक्टर र मोटरसाइकल सञ्चालन हुन थालेका छन् । तातोपानी देखि सिर्खु सम्मको सडक निर्माणमा चालु आर्थिक वर्षमा मंगला गाउँपालिका र गण्डकी प्रदेश सरकार भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय अन्तरगतको पूर्वाधार विकास कार्यालयले तीन वटा खण्डमा आयोजना सञ्चालन गरेका थिए ।

चालु आर्थिक वर्षमा प्रदेश सरकारको रु. दश लाख र मंगला गाउँपालिकाको रु. १४ लाख अनुदानमा धापुङ–गुन्थाने–सिर्खु खण्डको दुई किलोमिटर पाँच सय मिटर मार्ग खोलिएको छ । न्युखोला–एक्लेचिहान–महेश–धापुङ सडक अन्तरगत करिब ३०० मिटर भिरमा मार्ग खोल्न यस वर्ष प्रदेश सरकारको रु. दश लाख र गाउँपाकिलाको रु. दश लाख लगानी भएको छ ।

प्रदेश सरकारबाट सडक स्तरोन्नतिका लागि थप रु. दश लाख लगानी भएको उपभोक्ता समितिले जनाएको छ । यसैगरी पखेर–जल्केनी–टुनीडाडा हुदै महेश जोड्ने तीन किलोमिटर सडकको मार्ग निर्माण गर्न प्रदेश सरकारबाट रु. २५ लाख लगानी भएको छ ।

रु. १० लाख बिनियोजन भएको यस आयोजनाका लागि म्याग्दी क्षेत्र (ख) बाट निर्वाचित प्रदेश सभा सदस्य समेत रहनुभएका गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुर जुग्जालीको सिफारिसमा निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमबाट रु. १५ लाख थपिएको छ ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...