सवारी चालकको स्वास्थ्य परिक्षण

Gandaki Pardesh notice

बेनी । बेनी–जोमसोम सडक अन्तरगत गलेश्वरमा आइतबार सवारी चालकको स्वास्थ्य परिक्षण गरिएको छ ।

सवारी चालकहरुलाई स्वास्थ्य प्रति सचेत बनाउने उद्देश्यले बेनी अस्पताल र नेपाल नेत्रज्योति संघ म्याग्दीको प्राबिधिक सहयोगमा जिल्ला प्रहरी र ट्राफिक प्रहरी कार्यालयले स्वास्थ्य परिक्षण गरेका थिए । समुदाय प्रहरी साझेदारी अन्तरगत आयोजित कार्यक्रममा सामुदायिक प्रहरी सेवा केन्द्रका प्रतिनिधिहरु पनि सहभागि हुनुभएको थियो ।

Bhautik ministry notice about road
Shreekrishna hardwear in news

५७ जना चालकहरुको स्वास्थ्य परिक्षण गरि ट्राफिक सन्देश समेटिएको पर्चा बितरण गरिएको थियो । चालकहरुलाई नियमित स्वास्थ्य परिक्षण गर्न सुझाव दिइएको थियो । स्वास्थ्य परिक्षण गरिएका मध्य दुई जनामा रक्तचाप केही बढी र एक जनामा न्युन दृष्टिको समस्या पहिचान भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

दुर्घटनाको एउटा कारण सवारी चालकको स्वास्थ्य अवस्था कमजोर हुनु पनि एउटा कारण मानिन्छ । खानपानमा ध्यान दिन, ब्यायाम गर्न र चिकित्सकको सल्लाह अनुसार औषधी सेवन गर्न सुझाव दिइएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...