बेनी नगरपालिकाको ८२ प्रतिशत योजना निर्माण सम्पन्न

Gandaki Pardesh notice

बेनी, । म्याग्दीको बेनी नगरपालिकाले चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा ८२ प्रतिशत योजना निर्माण सकेको छ ।
चालु आर्थिक वर्ष २०७९÷०८० मा बजेट बिनियोजन भएका ३४२ मध्य जेठ मसान्त सम्म २८३ वटा योजना निर्माण सकिएका नगरपालिकाले आइतबार बेनीमा आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा जानकारी गराइयो ।
प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकालले ३३० वटा योजना उपभोक्ता समिति र १२ वटा ठेक्का प्रक्रीयाबाट कार्यान्वयन गरिएको जानकारी दिनुभयो । “भौतिक पूर्वाधारका ५९ वटा योजना सम्पन्न हुने क्रममा छन,” उहाँले भन्नुभयो “सबैभन्दा बढी भौतिक पूर्वाधारका योजनामा बिनियोजन भएको मध्य ६३.४२ प्रतिशत खर्च भएको छ ।”
भौतिक पूर्वाधारका योजनाहरुका लागि रु. १७ करोड ६९ लाख ८५ हजार बजेट बिनियोजन भएकोमा रु. ११ करोड २१ लख ७९ हजार खर्च भएको छ । सडक, भवन, खानेपानी, सिचाई, पदमार्ग, नाली निर्माण सम्बन्धी योजना धेरै छन् ।


नगर गौरवका आयोजनाको रुपमा रहेको प्रशासकीय भवनको तला थप, बेनीको मिनि रंगशाला, बेनी–ज्यामरुककोट, सिंगा–तातोपानी तल्लो बजारमा कालोपत्र, बेनी–पात्लेखेत सडक र खबरा खानेपानी आयोजना निर्माण सकिएको छ ।
पात्लेखेत–काछलुङ खानेपानी आयोजनको ८५ प्रतिशत, गाजने–नयाँगाउँ–ढोलथान खानेपानी आयोजनाको ७५, अर्थुङ्गे–पुलाचौर–भूतपानी सडकको ८०, सिंगा कोल्ड स्टोरको २५, दूधेखोला–हल्लेगौडा–भकिम्ली सडकको ७० र महारानीथान–छाप–डाडाखेत–ठूलोखोला सडक आयोजनाको ८५ प्रतिशत भौतिक प्रगति भएको नगरपालिकाले जनाएको छ ।

Shreekrishna hardwear in news


नगरपालिकाको न्यायिक समितिमा दर्ता भएका २३ वटा उजुरी मध्य १९ वटाको फस्यौट र तीन वटालाई सम्बन्धित निकायमा सिफारिस गरिएको छ । एक वटा सुनुवाइएको प्रक्रीयामा छ । नगरपालिकामा बिनियोजन भएको कुल रु. ७९ करोड १८ लाख १३ हजार बजेट मध्य ६८.९७ प्रतिशत खर्च भएको छ । विकास आयोजना तथा कार्यक्रमहरुका लागि पँुजिगत शिर्षकको रु. २९ करोड ३७ लाख ३८ हजार मध्य रु. १९ करोड ४७ लाख ३३ हजार अथवा ६१.७८ प्रतिशत खर्च भएको छ ।
चालु आर्थिक वर्षमा रु. चार करोड २३ लाख ७० हजार राजस्व संकलन गर्ने लक्ष्य राखेको नगरपालिकाले ११ महिनामा रु. चार करोड २६ लाख ७२ हजार १४० संकलन गरेको छ । चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा तीन सय ५१ जना बसाई सराई गरी गएका छन् भने दुई सय १५ जना नगरभित्र बसाइ सरेर आएका छन् ।

Bhautik ministry notice about road


जनप्रतिनिधि, नगरबासी र सरोकारवालाको उपस्थितमा भएको सार्वजनिक सुनुवाईमा पछिल्लो एघार महिनाको अवधिमा तीन सय ६५ ले विवाह दर्ता, जन्मदर्ता सात ७८५, सम्वन्ध विच्छेद ७२ जना, मृत्यु दर्ता २४७ जनाले गरेका छन् । चालू आवमा चार हजार सात जनालाई कुल रु. तीन करोड ६९ लाख ५६ हजार सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । कार्यक्रममा नगरपालिकाको विषयगत र शाखाहरुको प्रगति विवरण सार्वजनिक गरिएको थियो ।


नगरप्रमुख सुरत केसीको अध्यक्षता, उपप्रमुख ज्योती लामिछानेको स्वागत तथा प्रमुख प्रशासकिय अधिकृत ढकालले प्रगति प्रस्तुत गरेको कार्यक्रममको उद्घाटन जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाले गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन प्रशासकीय अधिकृत युवराज थापा र सहजिकरण पत्रकार महासंघ म्याग्दीका सदस्य कमल खत्री, ठाकुर आचार्य र राकेश शर्माले गर्नुभएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...