प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगितामा म्याग्दीलाई ११ पदक

Gandaki Ghumau

बेनी । पर्वतको कुश्मामा आइतबार सम्पन्न गण्डकी प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगितामा म्याग्दीले एघार वटा पदक जितेको छ ।
गण्डकी प्रदेश खेलकुद परिषद्को आयोजनामा असार १ गतेदेखि सञ्चालन भएको प्रतियोगितामा म्याग्दीले दुई स्वर्ण, तीन रजत र छ कास्य पदक जितेको जिल्ला खेलकुद विकास समिति म्याग्दीका प्रशिक्षक कर्ण प्रधानले जानकारी दिनुभयो ।
७३ केजी माथि तौल समूह महिलामा ममता गर्बुजा र ७८ केजी मुनी तौल समूहमा कृपेश शर्माले स्वर्ण पदक जित्नुभएको हो । ५४ केजी मुनी तौल समूह पुरुषमा दिपेश पुर्जा, ५८ केजी मुनी तौल समूह पुरुषमा प्रमोद परियार र ५७ केजी मुनी तौल समूहमा सोमा सोमा बुढा मगरले रजत पदक जित्नुभएको हो ।
४९ केजी मुनी तौल समूहमा इशा गर्बुजा पुन, ५३ केजी मुनी तौल समूहमा रक्षा पुर्जा, ७३ केजी मुनी तौल समूहमा सिचन्द्र बर्देवा, ८० केजी मुनी तौल समूहमा आनन पाइजा, ८७ केजी माथि तौल समूहमा इकल रोका र ४६ केजी मुनी तौल समूहमा रुविना कार्कीले कास्य पदक जित्नुभएको हो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...