बरंजा कप पुलाचौरलाई

Gandaki Pardesh notice

बेनी, । म्याग्दीको मंगला गाउँपालिका– ३ मा सम्पन्न प्रथम बरंजा कप भलिबल प्रतियोगितामा बेनी नगरपालिका–५ पुलाचौर बिजयी भएको छ ।

प्रथम बरंजा कप तथा सांस्कृतिक व्यवस्थापन समिति र गतिशिल युवा क्लबको सह – आयोजनामा सम्पन्न प्रतियोगिताको फाइनलमा मंगला –५, अर्मनलाई ३–२ को सेटमा पराजित गर्दै पुलाचौरले उपाधी जितेको हो ।

बरंजा आर्भाङस्थित खेल मैदानमा भएको प्रतियोगितामा बिजयी पुलाचौरले नगद रु. ६० हजार, कप, मेडल र प्रमाणपत्र हात पा¥यो । उपबिजेता बनेको अर्मनले नगद रु. ३० हजार, कप, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

नृत्य प्रतियोगितामा प्रथम हुदै यसोदा रोकाले नगद रु. १० हजार र प्रमाण पत्र हात पारेकी छिन भने न्यू–स्टार युवा क्लबका देविना घर्ती र बिपिन थापा द्वितीय र अरिक शेरचन तृतीय हुदै क्रमश ः नगद रु. ७ हजार, रु. ४ हजार र प्रमाणपत्र हात पारेका छन ।

मंगला –३, बाहुनपधेराले पुरुष र महिला लठो तान्ने प्रतियोगिताको प्रथम स्थान हासिल गर्दै नगद पाच ÷ पाच हजार हात पारेको छ । अन्धानिसान प्रतियोगिताको प्रथम पुरस्कार रु. २ हजार बराबरको भाले सोम रोकाले हात पार्नुभयो ।

प्रतियोगितामा मंगला–५ अर्मन, बेनपा–४ थामडाडा, बेनपा –३ भकिम्ली, बेनपा –५ पुलाचौर, मंगला – ४ , मंगला –३ ए र बी टिमको सहभागिता रहेको थियो । सो– डान्स प्रतियोगितामा ६ जनाले सहभागिता जनाएका थिए । पुरूष तथा महिला लठो तान्ने प्रतियोगितामा २ टिम पुरुष र २ टिम महिलाको सहभागिता रहेको थियो भने अन्धानिसान प्रतियोगितामा ३६ जना सहभागी थिए ।

बरंजेली मगरहरुको महान चाड धुलेको अवसर पारी सञ्चालन गरिएको प्रथम बरंजा कप भव्यताका साथ सम्पन्न भएको मेला व्यवस्थापन समितिका संयोजक सुमन थापाले बताउनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...