बेनी–जोमसोम सडक खुल्यो

Gandaki Pardesh notice

म्याग्दी । म्याग्दीको उत्तरी क्षेत्र हुदै हिमाली जिल्ला मुस्ताङ जोड्ने बेनी जोमसोम सडक १८ दिनपछि बिहीबार साँझबाट सञ्चालन भएको छ ।

म्याग्दीको अन्नपूर्ण–३ दानाको रुप्से, काभ्रे तथा मुस्ताङको सिमाना घोप्टेभिरमा खसेको पहिरोले सडक बगाएपछि भदौ २९ गतेदेखि ७६ किलोमिटर दुरीको बेनी–जोमसोम सडकमा सिधा आवत जावत बन्द भएको थियो ।

बेनी–जोमसोम–कोरला सडक आयोजनाका निर्माण कम्पनीका डोजर परिचालन गरेर पहिरो पन्छाउने, नयाँ ट्याक खोल्ने र डाइभर्सन बनाएर यातायात सञ्चालन गरिएको आयोजना प्रमुख अशोक तिवारीले जानकारी दिनुभयो । उहाँका अनुसार घाँसा नजिकैको थाप्लाङमा बाढीले अवरुद्ध सडक पनि केही बेरमा खुलाउने गरि डोजर परिचालन भएको छ ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

भिरमा चट्टान फुटाउनका लागि नेपाली सेनाको सहयोगमा बिस्फोटक पदार्थका समेत प्रयोग भएको थियो । सडक अवरुद्ध हुँदा मुस्ताङमा आवत जावतका साथै खाद्यान्न, निर्माण सामग्री ढुवानी र स्याउ बजार पठाउन रोकिएको थियो ।

सडक खुलेपछि सवारी साधनहरु गन्तब्यतर्फ लागेका आयोजनाका स्थानीय सुपरभाइजर इन्द्रसिंह शेरचनले बताउनुभयो । बिच बिचमा गाडी परिवर्तन गर्नुपर्ने समस्या हटेको उहाँले बताउनुभयो । यसअघि असार २६ गतेदेखि अवरुद्ध सडक भदौ ९ गते ४५ दिनपछि सञ्चालन भएको थियो ।

मुस्ताङबासीको जनजिवनलाई सहज बनाउन, विकास निर्माणका कामलाई गति दिन र करोडौ मूल्यका स्याउ समयमै बजार पु¥याउनका लागि बेनी–जोमसोम सडकमा नियमित सवारी सञ्चालन गराउन पहल गरिएको प्रतिनिधिसभा सदस्य प्रेमप्रसाद तुलाचनले बताउनुभयो ।

आयोजना, निर्माण कम्पनी, स्थानीय प्रशासन, सुरक्षा निकाय, पालिकाहरुसँग समन्वय गरेर सडक खुलाउन पहल गरिएको उहाँले बताउनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...