सिंगा तातोपानी कुण्डको सौन्दर्यकरण गरिदै

Gandaki Pardesh notice

बेनी, म्याग्दीको बेनी नगरपालीका–४ मा रहेको पर्यटकीय तथा प्राकृतिक तातोपानीको कुण्डको सौन्दर्यकरणको काम शुरु भएको छ ।

पर्यटन वोर्ड पोखराको सहयोगमा तातोपानी कुण्ड व्यवस्थापन समितिले सौन्दर्यकरणको काम शुरु गरेको हो । सिंगा तातोपानी कुण्ड व्यवस्थापन समितिका सचिव कृष्ण खड्काले कुण्ड परिसरका भौतिक संरचनालाई मौलिक, आकर्षक र वरपर बगैचा बनाएर सौन्दर्यकरण गर्न थालिएको बताउनुभयो ।

“पहिलो चरणमा यसबर्ष मौलिकता झल्कने प्रवेशद्धार र कपडा फेर्ने ठाउँ बनाउन लागेका छौ,” उहाँले भन्नुभयो “बजारदेखि कुण्डमा जाने पैदलमार्गको वरपर र पाखोमा फुल रोपेर बगैचा बनाइसकेका छौ ।”

Shreekrishna hardwear in news

शरिर डुबाएर स्नान गर्ने तलाउमा जाने प्रवेशद्धारलाई मौलिक बनाउन भक्तपुरे इटाको प्रयोग गरिएको सचिव खड्काले बताउनुभयो । स्नानपछि कपडा फेर्नका लागि महिला र पुरुषका लागि छुट्टाछुट्टै कोठा बनाउन लागिएको समितिले जनाएको छ ।

पर्यटन वोर्ड पोखराका सहायक प्रमुख नवराज पोखरेलले यस वर्ष तातोपानी कुण्डको सौन्दर्यकरण गर्न रु. १५ लाख बजेट बिनियोजन भएको बताउनुभयो । कुण्ड समितिको थप रु. तीन लाख लागत साझेदारीमा सौन्दर्यकरणको काम शुरु भएको हो । आगामी वर्षमा पनि यो कार्यक्रमलाई निरन्तरता दिने बोर्डले जनाएको छ ।

Bhautik ministry notice about road

दाताको सहयोगमा कुण्ड व्यवस्थापन समितिले यसअघि जलमाई मन्दिर र वुद्धको मुर्ति सहितको स्तम्भ निर्माण गरेका थिए । म्याग्दी नदीको किनारमा प्राकृतिक रुपमा निस्कने ५० डिग्री सेल्सीयस तातोपानी संकलन गरिएको तलाउमा स्नान गरेर उपचार र अवलोकनका लागि तातोपानीमा पाहुनाहरु आउने गर्छन् ।

कुण्ड परिसरको वातावरणलाई रमणिय र आकर्षक बनाउन सौन्दर्यकरणले सहयोग पुग्ने कुण्ड व्यवस्थापन समितिका अध्यक्ष बिरेन्द्रमान शाक्यले बताउनुभयो । बिरेनुनको गन्धन आउने पानी संकलन गरिएको पोखरीमा स्नान गरेर छाला, ग्यास्ट्रिक, वाथ, चोटपटक लागेको स्वास्थ्य समस्या निको हुने बिरामीहरु बताउँछन् ।

प्राकृतिक उपचार स्थलको रुपमा परिचित तातोपानीमा स्नानका लागि देशभरका नागरिकका साथै बिदेशबाट पनि मानिसहरु आउने गर्छन् । २०७९ साउन देखि २०८० जेठ महिनासम्म १७ हजार ९९३ जनाले स्नान गरेका समितिका कर्मचारी रेशम कार्कीले बताउनुभयो ।

तातोपानी संकलन गरीएको तलाउमा एक पटकमा ३५० देखि ४०० जनाले स्नान गर्न सक्ने क्षमता छ । एक दिनमा दुई पटक दुई÷दुई घण्टाका दरले तातोपानीको कुण्डमा शरीरलाई डुबाएर स्नान गरेपछि बाहिर निस्कीएर पाँच–दश मिनेटसम्म पछ्यौरा, बलाङंकेट, पलास्टीक, काम्लो आदी न्याना कपडा ओढेर शरिरबाट चितचित पसिना निस्कदा सम्म विश्राम गरिन्छ ।

सात दिन स्नानका लागि प्रतिव्यक्ति रु. ३५० शूल्क तोकिएको छ । प्रवेशशूल्क र चन्दा सहयोग वापत उठ्ने रकम मध्य २५ प्रतिशत बेनी नगरपालिका र १३ प्रतिशत आन्तरिक राजस्व कार्यालयमा कर बुझाउनुपर्छ ।

बचत भएको रकम कुण्डका कर्मचारीको तलब, सञ्चालन, पुर्बाधार निर्माण, बिद्यालयलाई अनुदान र सामाजिक क्षेत्रमा खर्च गरिदै आएको छ । बिगत १३ बर्षदेखि सरस्वती माविका १६ जना मध्य चार जना निजी शिक्षकको तलबका लागि तातोपानी कुण्डले मासिक रु. एक लाखका दरले सहयोग गर्दै आएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...