रघुगंगाको दुई विद्यालयको तह समायोजन

Gandaki Pardesh notice

बेनी, । म्याग्दीको रघुगंगा गाउँपालिकाले विद्यार्थी संख्या न्युन रहेका विद्यालयको तह समायोजन गरेको छ ।
रघुगंगा गाउँपालिकाको वडा नम्बर १ बादुकमा रहेको कृष्ण र वडा नम्बर ८ को कुइने आधारभूत विद्यालयको ६–८ तहलाई सोही वडामा रहेका अर्को मा.वि.मा समायोजन गरिएको हो ।
गाउँपालिकाको शिक्षा अधिकृत कृष्णप्रसाद सुवेदीले कृष्ण र कुइनेका दुई÷दुई जना शिक्षकलाई अर्को विद्यालयमा काजमा खटाइएको जानकारी दिनुभयो । उहाँका अनुसार कृष्णका अर्जुन पौडेल र कपिल केसीलाई कालिका मावि तिप्ल्याङ, कुइनेका किशोरी ठाकुर र अच्युतराज शर्मालाई रितुङ माविमा काजमा खटाइएको छ । गत शैक्षिक सत्रमा कृष्ण आधारभूतको ६,७ र ८ मा क्रमश ः २, १ र ३ जना विद्यार्थी रहेका थिए । कुइने आधारभूतमा ६, ७ र ८ मा दुई÷दुई जना मात्र विद्यार्थी थिए ।
“विद्यार्थी संख्या कम भएका विद्यालयमा शिक्षकले काम नपाउने र प्रस्तावित मावि सञ्चालन भएका विद्यालयमा निजी स्रोत तथा गाउँपालिकाको अनुदानमा शिक्षक नियुक्त गर्नुपर्ने समस्या हटाउन तह मिलान गरेका हौ,” उहाँले भन्नुभयो “भविष्यमा कक्षा ६ देखि ८ सम्म १५ जना विद्यार्थी उपस्थित हुने भएमा कामकाजमा खटाइएका शिक्षकलाई दरबन्दि रहेको विद्यालयमै फिर्ता गर्ने निर्णय भएको छ ।” रघुगंगा गाउँपालिकामा २३ वटा आधारभूत र १० वटा माध्यमिक विद्यालय छन् ।
यसैगरी रघुगंगा गाउँपालिकाको माध्यमिक विद्यालयहरुमा लागु औषध दुव्र्यसनी, साइवर अपराध र ट्राफिक सचेतना कार्यक्रम सञ्चालन भएको छ । जेठ ३१ गते कालिका मावि तिप्ल्याङ र ३२ गते महादेव माविमा भएको कार्यक्रम असार ५ गतेसम्म पालिकाको सबै माविमा गरिने शिक्षा अधिकृत सुवेदीले बताउनुभयो । जिल्ला प्रहरी र ट्राफिक प्रहरी कार्यालयले सचेतना कार्यक्रमको सहजिकरण गरेका हुन् ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...