सेना र बेनी अस्पतालद्धारा चिमखोलामा स्वास्थ्य शिविर

Gandaki Pardesh notice

बेनी, । म्याग्दीको रघुगंगा गाउँपालिका–७ चिमखोलामा सम्पन्न निशूल्क स्वास्थ्य शिविरबाट दुई सय जना भन्दा बढी लाभान्वित भएका छन् ।
नेपाली सेनाको शत्रुभञ्जन गुल्म र बेनी अस्पतालको आयोजनामा जेठ ३२ गते बिहिबार शिविर सम्पन्न भएको थियो । शिविरमा २२३ जनाले सेवा लिएका शुत्रभञ्जन गुल्मका सेनानी शशांकराज अर्यालले बताउनुभयो ।
भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रका सर्वसाधारणलाई गाउँमै स्वास्थ्य, उपचार सेवा उपलब्ध गराउने तथा सचेतना फैलाउने उद्देश्यले शिविर आयोजना गरिएको हो । चिमखोला, दर्मीजा, कुइनेमंगलका बासिन्दाले सेवा लिएका थिए ।
नेपाली सेनाका चिकित्सक क्याप्टेन दिपेन्द्र पौडेल, बेनी अस्पतालका चिकित्सकहरु डा. रामु सापकोटा, अनिता वाईवा, डेन्टिष्ट डा. अस्मिता कटुवा, सर्जन डा.परिवर्तन बराल र अर्थोपेडिक सुमन सुवेदीले सेवा दिनुभएको थियो । स्वास्थ्य परिक्षण, परामर्शको साथै निशूल्क औषधी वितरण गरिएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...