म्याग्दीका पत्रकार घनश्याम खड्कालाई मातृ शोक

Gandaki Pardesh notice

बेनी, । म्याग्दीका पत्रकार घनश्याम खड्कालाई मातृ शोक परेको छ । खड्काकी आमा गुमा खड्काको शुक्रबार ७२ वर्षको उमेदमा निधन् भएको हो ।

Bhautik ministry notice about road

केही दिनअघि अन्नपूर्ण गाउँपालिका–६ घार स्थित घरको आगनमा लडेर घाइते हुनुभएकी खड्काको बेनी अस्पतालमा उपचारको क्रममा निधन भएको हो । उहाँलाई उपचारका लागि पोखरा लगिएकोमा उपचार हुन नसकेपछि बिहीबार अस्पतालबाट फिर्ता पठाइएको थियो ।

खड्काका २ छोरा र ४ छोरी छन् । खड्काको पार्थिव शरिरलाई बेनीबाट अन्नपूर्ण गाउँपालिकाको पोखरेबगर स्थित कालीगण्डकी घाटमा धार्मिक बिधि अनुसार दाहसंस्कार गरिएको छ । कान्तिपुर दैनिकमा कार्यरत खड्का नेपाल पत्रकार महासंघ म्याग्दीका संस्थापक अध्यक्ष हुनुहुन्छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...