गण्डकीमा भौतिक पूर्वाधारमा रु. ११ अरब १६ करोड बजेट, टुक्रे योजना कटौती

Gandaki Ghumau

पोखरा, । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०÷०८१ का लागि भौतिक पूर्वाधार शिर्षकमा रु. ११ अरब १६ करोड बजेट बिनियोजन गरेको छ ।

प्रदेश सरकारले शुक्रबार प्रदेशसभामा कुल रु. ३३ अरब ४२ करोडको बजेट प्रस्तुत गरेको हो । बजेट प्रस्तुत गर्दै प्रदेशका अर्थिक मामिला मन्त्री जितप्रकाश आलेले सडक, सडक पुल र झोलुङ्गे पुल निर्माणका लागि रु. ११ अरब १६ करोड बजेट बिनियोजन भएको जानकारी दिनुभयो ।

आगामी वर्ष थप तीन सय किलोमिटर सडक कालोपत्र हुने, २५ वटा सडक पुल र २० वटा झोलुङ्गे पुल निर्माण हुने बजेट वक्तब्यमा उल्लेख छ । पुँजिगत शिर्षकमा बिनियोजन भएको रु. २० अरब १९ करोडको बजेटको ठूलो हिस्सा पूर्वाधार मन्त्रालयले पाएको छ । भौतिक पूर्वाधार मन्त्रालय प्रदेशकै सबैभन्दा ठूलो बजेट भएको मन्त्रालय हो ।

Shreekrishna
Gunasthariya Shiksya

मन्त्रालयले आगामी वर्षको योजनामा न्युनतम ३० लाख बजेट बिनियोजन गरेको छ । टुक्रे योजना कटौती गरेको र रु. ३० लाख भन्दा कमका योजना सिफारिस नगरेको भौतिक मन्त्री रेशम जुग्जालीले बताउनुभयो ।

“संघीय व्यवस्थालाई बलियो बनाउने र प्रदेशको औचित्य पुष्टि गर्न पनि योजना तर्जुमाको परम्परागत शैली बदलेका छौ,” उहाँले भन्नुभयो “बहुबर्षीय ठेक्का लागिसकेका पुराना आयोजनालाई पूर्णता दिन प्राथमिकता दिदै नयाँ योजना थपिएका छन् ।”
गण्डकीमा प्रदेशसभा सदस्यको सिफारिसमा सञ्चालन हुने निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमले निरन्तरता पाउने भएको छ । एक जना सांसदले रु. दुई करोड बजेटका योजना सिफारिस गर्न पाउने गरि बजेट ल्याइएको हो ।
मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्राथमिकता प्राप्त आयोजनामा बजेट नपुग्ने र परिमाण नदेखिने भएकाले साना र टुक्रे योजना कटौती गर्नुपर्ने धारणा राख्दै आउनुभएको थियो । भौतिक मन्त्रालयमा अहिले रु. पाँच लाख बजेट सम्मका दुई हजार बढी आयोजना छ । आगामी वर्ष करिब पाँच देखि छ सयको हाराहारीमा योजना हुनेछन् ।
कम योजना हुँदा प्रशासनिक लागत घट्ने, नियमन र कार्यान्वयन गर्न सहज हुने प्राधिधिक र ईञ्जिनियरहरुको भनाई छ ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...