![Add Samajik bikash office](https://dhaulagirikhabar.com/wp-content/uploads/2024/06/Add-Samajik-bikash-office-3.jpg)
बेनी । म्याग्दीको बेनी नगरपालिकाले कोरोना (भाइरस)को जोखिमका कारण ठप्प भएको शैक्षिक क्रियाकलापलाई बैकल्पिक माध्यमबाट अघि बढाउन प्रअहरुसँग अन्तरक्रिया गरेको छ ।
बुधबार सिंगा र बिहीबार बेनीमा सामुदायिक बिद्यालयका प्रअहरुसँग अन्तरक्रिया गरेको हो । अन्तरक्रियामा शिक्षा मन्त्रालयले जारी गरेको बैकल्पिक सिकाई क्रियाकपा सम्बन्धी कार्यबिधि नगरपालिकामा कार्यान्वयन गर्ने बिषयमा छलफल भएको थियो ।
![Bhautik ministry notice about road](https://dhaulagirikhabar.com/wp-content/uploads/2023/10/Bhautik-ministry-notice-scaled.jpg)
घरदैलो, टोल शिक्षा, आलोपालो लगायतका माध्यमबाट विद्यार्थीहरुलाई नयाँ पाठ्यक्रम अनुसार बैकल्पिक बिधिबाट सिकाई क्रियाकलाप सञ्चालन गर्ने बिषयमा छलफल भएको नगर शिक्षा अधिकृत अर्जुन पौडेलले बताउनुभयो ।
![Shreekrishna hardwear in news](https://dhaulagirikhabar.com/wp-content/uploads/2023/10/Shree-Krishna-Hardware.gif)
छलफलमा नगर प्रमुख हरिकुमार श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत छबिलाल सुबेदी, सामाजिक विकास समितिका संयोजक गोबिन्दप्रसाद पौडेल लगायत सहभागि हुनुभएको थियो । नगर क्षेत्रका सामुदायिक विद्यालयहरुले घरदैलो र टोल टोलमा पुगेर विद्यार्थीहरुलाई गृहकार्य दिने अभ्यास गरिरहेका छन् ।
![Gandaki dadelo notice](https://dhaulagirikhabar.com/wp-content/uploads/2023/05/Add-aantarik-mamila-upabhokta.jpg)