फर्से धाइरिङ माविलाई ल्यापटप, प्रिन्टर र गृहकार्य डायरी

Gandaki Pardesh notice

बेनी, । पर्वतको जलजला गाउँपालिका–७ मा रहेको फर्सेधाइरीङ माविलाई ल्यापटप, प्रिन्टर र विद्यार्थीको गृहकार्य डायरी उपलब्ध गराइएको छ ।
जलजला गाउँपालिकाको मोडेल एजुकेशन भिलेज कार्यक्रम अन्तरगत विद्यालयको पठनपाठन र सिकाई क्रियाकलापलाई प्रविधिमैत्री बनाउने उद्देश्यले बिहिबार सामग्री वितरण गरिएको हो ।
१३ थान ल्यापटप, प्रिन्टरका साथमा सबै विद्यार्थीलाई पुग्ने गरी गृहकार्य डायरी उपलब्ध गराइएको गाउँपालिकाले जनाएको छ । अभिभावकको सम्पर्क नम्बर समेत राखिने गृहकार्य डायरीको प्रयोगबाट विद्यालयमा विद्यार्थीको नियमित उपस्थिति र अभिभावकको चासो बढ्ने अपेक्षा गरिएको छ ।
गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्य, उपाध्यक्ष दिपक आचार्य (आकाश)ले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरि आचार्य र प्रअ मुकुन्द आचार्यले सामग्री हस्तान्तरण गर्नुभएको थियो ।
अहिलेको आधुकिन विश्व परिवेश सुहाँउदो शिक्षण सिकाई प्रक्रीयामा विद्यार्थीहरुलाई नविनतम प्रविधिसँग जोड्न ल्यापटप उपलब्ध गराइएको गाउँपालिकाका अध्यक्ष आचार्यले बताउनुभयो ।

Bhautik ministry notice about road
Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...