जामुनाखर्कका विद्यार्थीलाई पाककला र हाउस वायरीङ तालिम

Gandaki Pardesh notice

बेनी, । बेनी नगरपालिका–६ को जामुनाखर्क माविका विद्यार्थीहरुलाई खानाका परिकार र हाउस वायरिङ सम्बन्धी तालिम दिईएको छ ।
नगरपालिकाको “हामी सक्छौ, हामी गर्छौ” कार्यक्रम मार्फत १५ दिने आधारभूत हाउस वायरिङ र नमुना विद्यालय विकास कार्यक्रम अन्तरगत ५ दिने खानाका परिकार बनाउने तालिम दिइएको हो ।
विद्यार्थीमा पाठ्यक्रमका साथै अतिरिक्त र व्यवहारिक ज्ञान, सिप प्रदान गर्ने उद्देश्यले कक्षा ८ देखि १० मा पढ्ने विद्यार्थीलाई तालिम दिइएको प्रअ सोमनाथ ढुङ्गानाले बताउनुभयो ।
प्रकाश शर्माले सहजिकरण गर्नुभएको वायरीङ तालिममा १६ जना र चन्दा घलेले सहजिकरण गर्नुभएको पाककला सम्बन्धी तालिममा ३२ जनाको सहभागिता थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...