सिंगा तातोपानीमा झोला सिलाई तालिम

Gandaki Pardesh notice

बेनी, । म्याग्दीको बेनी नगरपालिका–४ सिंगा तातोपानीमा बिहिबार आधारभूत झोला सिलाई तालिम सम्पन्न भएको छ ।

बेनी नगरपालिकाको गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम मार्फत जेठ १ देखि ३२ गतेसम्म तालिम सञ्चालन भएको हो । तालिममा कपडा सिलाएर विभिन्न आकारमा झोला बनाउने सिप प्रदान गरिएको थियो ।

लघुउद्यम सहजकर्ता सिता अर्मजाले सहजिकरण गर्नुभएको तालिममा १२ जनाको सहभागिता रहेको थियो । तालिम पाएपछि झोला बुन्ने नयाँ तरिका र सिप सिकेको उद्यमी बिष्णुकुमारी श्रीसले बताउनुभयो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

तालिमको समापन कार्यक्रममा बेनी नगरपालिकाका उपप्रमुख ज्योती लामिछानेले सहभागीहरुलाई प्रमाणपत्र वितरण गर्नुभएको थियो ।

तातोपानीमा आउने पाहुनालाई कोशेलीका रुपमा र पलास्टिकको विकल्पमा उद्यमीले बुनेका झोला प्रयोग गर्ने वातावरण बनाउन आवश्यक रहेको उपप्रमुख लामिछानेले बताउनुभयो । व्यवसायिक उत्पादन गर्न उद्यमीहरुलाई सुझाव दिदै उत्पादनको प्रर्वद्धन र बजारीकरणमा सहजिकरण गर्ने प्रतिवद्धता जनाउनुभयो । महिलाहरु आर्थिक रुपमा सक्षम र आत्मनिर्भर भएमा लैंिगक समानता कायम हुने र हिंसा पनि हट्ने उपप्रमुख लामिछानेको भनाई थियो ।

जलमाई आमा समूहका अध्यक्ष ओमकुमारी पुनको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्य प्रेम श्रिस, सिंगा तातोपानी कुण्ड व्यवस्थापन समितिका अध्यक्ष विरेन्द्रमान शाक्य लगायतको उपस्थिति थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...