बैंकिङ कसुरमा दोषी ठहरिएका दरवाङका टेकप्रसाद पक्राउ

Gandaki Pardesh notice

बेनी, । बैंकिङ कसुरमा दोषी ठहरिएका म्याग्दीको मालिका गाउँपालिका–६ दरवाङका ५० वर्षीय टेकबहादुर बिकलाई प्रहरीले पक्राउ गरेको छ ।
बिकलाई जिल्ला अदालत म्याग्दीले बैकिङ कसुर सम्बन्धी मुद्दामा ६ महिना कैद र रु. नौ लाख पचास हजार जरिवानाको फैसला सुनाएको थियो । बिहिबार बेनी नगरपालिका–८ बाट विशेष सुराकीको आधारमा बिकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक किरण लामाले बताउनुभयो ।
अदालतको आदेश अनुसार टेकप्रसादलाई बिहिबारनै जिल्ला कारागार म्याग्दी चलान गरिएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...