पत्रकार महासंघको कास्की र म्याग्दी शाखाबीच अन्तरक्रिया

Gandaki Pardesh notice

बेनी, । कास्की र म्याग्दीका पत्रकारहरुबीच बिहिबार बेनपा–४ तातोपानीमा अन्तरक्रिया भएको छ ।

अन्तरशाखा भ्रमणमा आएको नेपाल पत्रकार महासंघ कास्की र म्याग्दी शाखाका पदाधीकारी तथा पत्रकारहरुबीच पत्रकारिताको वर्तमान अवस्था, समस्या र समाधानका उपायको विषयमा छलफल भएको थियो ।

पत्रकारिता विषयको पुस्तकका लेखक भानुभक्त आचार्यले पेशामा राजनीतिक, व्यक्तिगत र ब्यापारिक स्वार्थ देखिने अहिलेको चुनौति भएको बताउनुभयो । “अरुमाथी प्रश्न उठाउनु, टिप्पणी गर्नुपर्ने पेशाका मानिसहरु सहि आचरण र व्यवहारमा रहन आवश्यक छ,” उहाँले भन्नुभयो “इमान्दारिता, विश्वसनियता र सन्तुलित हुनुपर्छ ।”

Shreekrishna hardwear in news

प्रेस स्वतन्त्रता सेनानी माधव शर्माले अहिले भएको सूचना प्रविधिको विकासलाई पछ्याउन र अनुशरण गर्नुपर्ने अवस्था आएको बताउनुभयो । प्रविधिको विकाससँगै आम सञ्चार क्षेत्रमा सामाजिक सञ्जालको प्रयोगका नाममा भएका विकृतिबाट बच्नुपर्ने बताउनुभयो । गलत सूचनाबाट मानिषलाई टाढा राखेर सत्य, सत्य र सन्तुलित बिचार, सूचना, सन्देश प्रवाह गर्ने दायित्व पत्रकारसँग रहेको शर्माको भनाई थियो ।

Bhautik ministry notice about road

नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य सरिता तिमिल्सीनाले पत्रकारिता पेशालाई मर्यादित र सम्मानित बनाइराख्न सदस्यता शुद्धिकरणको अभियान सञ्चालन गरेको बताउनुभयो । पेशागत सुरक्षासँगै क्षमता विकास पत्रकारिताको अहिलेको मुद्दा रहेको उहाँको भनाई थियो ।

सिंगा तातोपानी कुण्ड व्यवस्थापन समितिका सचिव कृष्ण खड्काले कुनै समय विपन्न र गरिब मानिसहरुको उपचार गर्ने थलो रहेको तातोपानी कुण्ड अहिले बिशिष्ट व्यक्ति तथा दिर्घरोगीहरु आएर उपचार गरि निको भएर जान थालेका बताउनुभयो ।

नेपाल पत्रकार महासंघ कास्की शाखाका अध्यक्ष बिमला भण्डारीले अन्य जिल्लामा भएका सकारात्मक अभ्यासको अनुभव आदानप्रदान गर्ने उद्देश्यले अन्तरशाखा भ्रमण कार्यक्रम आयोजना गरेको बताउनुभयो ।

नेपाल पत्रकार महासंघ म्याग्दी शाखाका अध्यक्ष प्रकाश पौडेलको अध्यक्षता र सचिव सन्तोष गौतमको सञ्चालनमा भएको कार्यक्रममा उपाध्यक्ष हरिकृष्ण गौतमले म्याग्दीको पत्रकारहरुको अवस्था र पत्रकार महासंघको गतिबिधि जानकारी गराउदै स्वागत गर्नुभएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...