भारतबाट आएर क्वारेन्टिनमा बसेका तीन जनामा कोरोना पुष्टि

Gandaki Pardesh notice

भकिम्लीका संक्रमितको सम्पर्कमा भएकाको रिपोर्ट नेगेटिभ
बेनी । भारतबाट आएर क्वारेन्टिनमा बसेका आमा–छोरा सहित म्याग्दीका तीन जनामा बिहिबार कोरोना (भाइरस) संक्रमण पुष्टि भएको छ ।

गत हप्ता संक्रमण पुष्टि भएका भकिम्लीका युवा र उनको सम्पर्कमा रहेकाहरुको पिसिआर रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

कोरोना संक्रमण पुष्टि हुनेमा अन्नपूर्ण गाँउपालिका–६ घारका ४५ वर्षका महिला र १८ वर्षका उनका छोरा छन् । यस्तै मालिका गाँउपालिका–६ दरवाङका २० वर्षका पुरुषमा पनि कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय, म्याग्दीका निमित्त प्रमुख एकनारायण लम्सालले बताउनुभयो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

लम्सालका अनुसार उनिहरु भारतबाट आएर माउन्ट एभरेष्ट आवासीय माविको क्वारेन्टिनमा फरक फरक कोठामा बसेका थिए । स्वास्थ्य अवस्था सामान्य भएका उनिहरुलाई शैक्षिक तालिम केन्द्रको भवनमा स्थापित आइसोलेशनमा लगिएको छ ।

यसैगरी गत बुधबार कोरोना पुष्टि भएका बेनपा ३ भकिम्लका पुरुषको दोस्रो रिपोर्ट र उनका सम्पर्कमा रहेकाहरु (कन्ट्याक्ट ट्रेसीङ)मा परेका १८ जनाको रिपोर्ट नेगेटिभ आएको छ । रिपोर्ट नआउदै घर गएका पुरुषमा कोरोना पुष्टि भएपछि समुदायमा कोरोना फैलिने त्रास र जोखिम बढेको थियो ।

होम क्वारेन्टिनमा बसेका उनिहरुको रिपोर्ट नेगेटिभ आएपछि तत्काललाई समुदाय स्तरमा कोरोना फैलिने जोखिम टरेको छ । असोज १२ गते संकलन गरिएको ४३ वटा स्वाबको नमुना पोखरा स्थित प्रयोगशालामा परिक्षणका लागि पठाइएको थियो ।

म्याग्दी जिल्लाबाट हालसम्म एक हजार ६२२ वटा नमुना संकलन गरेर पिसिआर परिक्षण गर्न पठाइएकोमा एक हजार ५९२ वटाको रिपोर्ट आएको छ । हालसम्म म्याग्दीमा ६ जना महिला सहित ५३ जनामा कोरोना पुष्टि भएको छ । यसअघि ४९ जनाले कोरोना जितेर घर गएका थिए ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...