‘आमा समूहसँग उपमेयर’ कार्यक्रम मार्फत महिलालाई सिपमुलक तालिम

Gandaki Pardesh notice

बेनी, । महिलालाई आत्मनिर्भर बनाउन म्याग्दीको बेनी नगरपालिकाले सञ्चालन गरेको ‘आमा समूहसँग उपमेयर कार्यक्रम’ वडा नम्बर ९ को दुई ठाउँका महिलालाई सिपमुलक तालिम सम्पन्न भएको छ ।
बेनी नगरपालिकाको आर्थिक सहयोग, वडा नम्बर ९ को कार्यालयको समन्वय र उत्साही आमा समूहको आयोजनामा तोरीपानीमा आलुको चिप्स र नेप्टेचौरमा घतान मुल आमा समूहको आयोजनामा नमकिन र ढालमोठ बनाउने तालिम सम्पन्न भएको हो ।
शुक्रबारदेखि शुरु भएको तालिम बुधबार सम्पन्न भएको बेनपा–९ का वडा अध्यक्ष चक्र केसीले बताउनुभयो । आमा समूहलाई परिचालन गरेर महिलाहरुको आर्थिक र सामाजिक शसक्तिकरण गर्ने उद्देश्यले आमा समूहसँग उपमेयर कार्यक्रम सञ्चालन गरिएको हो ।
महिलाहरुलाई आर्थिक रुपमा सक्षम, आत्मनिर्भर, स्वाभलम्बि र सामाजिक रुपमा शसक्तिकरण गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरेको बेनी नगरपालिकाका उपप्रमुख ज्योती लामिछानेले बताउनुभयो ।

Bhautik ministry notice about road


“समुदाय स्तरमा महिला शसक्तिकरण र सामाजिक कामको अगुवाई गरिरहेका आमा समूहसँग समन्वय गरेर महिलालाई स्थानीय स्रोत, साधन र सम्भावना भएको उद्यम व्यवसायी गरि आयआर्जनका काममा संलग्न गराउन खोजिएको छ,” उहाँले भन्नुभयो “महिला आर्थिक रुपमा सक्षम भए भने हिंसा न्युनीकरण, रोजगारीको सिर्जना र आत्मनिर्भर भई समाजमा अगाडी आउन सक्ने हुनेछन् ।”
नगर उपप्रमुख लामिछानेको प्रस्तावमा कार्यपालिकाको पहिलो बैठकले यो कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको थियो । चालु आर्थिक वर्षमा रु. २० लाख बिनियोजन भएको कार्यक्रमका लागि नगरपालिकाले वडा नम्बर ३ र ९ लाई छनौट गरेको छ । दुई वटा वडाका तीन÷तीन वटा आमा समूहले आयआर्जन र सिपमुलक काम शुरु गरेका छन् । घतानको सिकाई केन्द्रले शुक्रबार र शनिबार लागू औषध विरुद्धको सचेतना कार्यक्रम सञ्चालन गरेको थियो ।

Shreekrishna hardwear in news


बेनपा–३ को स्वर्गाश्रम, बेलढुङ्गा र मण्डली आमा समूहले स्थानीय जातका कुखुरापालन शुरु गरेका छन् । तीन वटा समूहमा आवद्ध ३५ जनालाई खोर निर्माणमा अनुदान, तालिम, चल्ला वितरणको कार्यक्रम बनाइएको वडा अध्यक्ष रत्न जिसीले बताउनुभयो ।
वडा नम्बर ९ को गलेश्वर आमा समूहमा आवद्ध २० जना महिलाहरुका लागि शुक्रबारदेखि चप्पल बनाउने तालिम सञ्चालन भैरहेको छ । तालिममा सहभागिलाई व्यवसाय गर्न कच्चा पदार्थ, सामग्री र औजार सहयोग गर्नुका साथै बजारीकरणमा सघाउने नगरपालिकाले जनाएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...