बेनी–दरवाङ सडक निर्माण तिब्र

Gandaki Pardesh notice

बेनी, । म्याग्दीको बेनी–दरवाङ सडक निर्माणले तिब्रता पाएको छ । गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय अन्तरगतको पूर्वाधार विकास कार्यालय म्याग्दी मार्फत यो सडक कालोपत्र गर्न दुई वटा खण्डमा आयोजना सञ्चालन भएको छ ।

बेनी–दरवाङ सडक आयोजनाको सिम–लाम्पाटा र लाम्पाटा–दरवाङ खण्डमा सडक स्तरोन्नितिको कामले तिब्रता पाएको हो । दुवै आयोजनाका निर्माण कम्पनीले पछिल्लो समय सडकको संरचना निर्माणलाई अन्तिम चरणमा पु¥याएका पूर्वाधार विकास कार्यालयले जनाएको छ ।

पूर्वाधार विकास कार्यालय म्याग्दीका प्रमुख गुरुदत्त अधिकारीले लाम्पाटा–दरवाङ खण्डमा ग्राभेल शुरु भएको र सिम–लाम्पाटा खण्डको धेरै ठाउँमा कटिङ र पर्खालको काम अन्तिम चरणमा पुगेको बताउनुभयो ।

Shreekrishna hardwear in news

“लाम्पाटा–दरवाङ खण्डमा करिब ६० र सिम–लाम्पाटा खण्डमा ४० प्रतिशत भौतिक प्रगति भएको छ,” उहाँले भन्नुभयो “विस्तार, पर्खाल र नाली बनेको ठाउँमा असार भित्र ग्राभेल गर्ने लक्ष्यका साथ काम भैरहेको छ ।”

म्याग्दीको ‘लाईफ लाइन’ मानिने बेनी–दरवाङ सडकको २०६३ मा मार्ग खुलेको थियो । बेनी–देखि मंगला गाउँपालिका–२ सिम सम्मको १२.५ किलोमिटर सडक गत वर्ष कालोपत्र भइसकेको छ ।

मंगला गाउँपालिकाको सिम देखि लाम्पाटा सम्मको चार दुई किलोमिटर सडक कालोपत्रका लागि सम्झौता गरेको ओमबुद्ध निर्माण सेवाका प्रतिनिधी डम्मर सापकोटाले धेरै ठाउँमा सडक विस्तार, पर्खाल र नाली बनाएको बताउनुभयो ।

Bhautik ministry notice about road

ओमबुद्धले २०७८ पुष १८ गते रु. १० करोड ७० लाख २१ हजारमा ठेक्का सम्झौता गरेको थियो । अठार महिनाको ठेक्का अवधी भएको यो सडक अहिलेकै गतिमा काम भएमा आगामी हिउँदमा सकिने पूर्वाधार विकास कार्यालयको भनाई छ ।

लाम्पाटा देखि दरवाङ सम्म ८ किलोमिटर खण्ड सडक कालोपत्रे गर्न रु. २२ करोड ५७ लाख ९३२ मा २०७६ जेठ ३१ गते बिरुवा–क्याराभान जेभीले ठेक्का लिएको थियो । करिब १० महिनापछि गत फागुनमा काममा फर्किएको बिरुवा–क्याराभानले लाम्पाटा देखि तोलावाङ सम्म ग्राभेल गर्न थालेको प्रतिनिधि सोमनाथ गौचनले बताउनुभयो ।

दुई वटै ठेक्का मार्फत सडकलाई आठ मिटर फराकिलो बनाएर, सात मिटर चौडाइमा डिबिएसडी कालोपत्र, नाली र पर्खाल निर्माण गर्न लागिएको हो । सडकको बुधबार गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुर जुग्जाली, पूर्वाधार विकास कार्यालय म्याग्दीका प्रमुख गुरुदत्त अधिकारी लगायतको टोलीले अनुगमन गरेको छ ।

“रुग्न अवस्थामा पुगेको यो आयोजनाका ठेकेदारलाई धेरै मेहनत गरेर काममा फर्काएका छौ । पछिल्लो समय भएको कामको प्रगतिले आशा जगाएको छ,” उहाँले भन्नुभयो “बजेटको समस्या हुन्न् । स्थानीय स्तरमा काम गर्ने वातावरण बनेको छ । जति सक्दो छिटो काम सम्पन्न गराउन निर्माण कम्पनीलाई निर्देशन र ताकेता गरेका छौ ।”

निर्माण कम्पनीका प्रतिनिधिहरुले केही ठाउँमा जग्गा सम्बन्धी बिवाद भएको र सडकको क्षेत्राधिकारमा पर्ने विद्युतका पोल स्थानान्तरण गर्न समन्वय गरिदिन स्थानीय तह, पूर्वाधार विकास कार्यालय र प्रशासनसँग आग्रह गरेका छन् ।

मंगला गाउँपालिका–२ तोराखेतका बिनोद भट्टचनले करिब एक वर्षपछि काममा फर्किएका निर्माण कम्पनीले निर्माणमा तिब्रता दिएकाले कालोपत्र सडकमा यात्रा गर्न, हिलो र धुलोबाट मुक्ति पाइने अपेक्षा गरेको बताउनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...