पुन समाज र मगर संघ म्याग्दीको ज्ञापनपत्र

Gandaki Ghumau

बेनी, । नेपाल मगर संघ म्याग्दीले ‘पुन’ मगर जाती होइन भन्ने गलत तथ्याङ्कलाई हटाउन माग गर्दै प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाएको छ ।

प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालय मातहतमा रहेको राष्ट्रिय तथ्याङ्क विभाग कार्यालयले यहि जेठ १९ गते जारी गरेको भाषा र धर्म सम्वन्धीको तथ्याङ्क प्रति असन्तुष्टि जनाउदै संघ र पुन समाज म्याग्दीले सयुक्त रूपमा मंगलबार प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेल मार्फत ज्ञापन पत्र पठाएको हो ।

ज्ञापनपत्र बुझाउँदै नेपाल मगर संघ म्याग्दीका अध्यक्ष लोक बहादुर पुन मगर (लोकेश)ले पुन मगर जातिको प्रमुख थर भएको तर छुट्टै जाती नभएको बताउनुभयो । ‘राष्ट्रिय तथ्यांक कार्यालयले गरेको यो गम्भिर गल्ती हो यसलाई अविलम्व सच्याउनका लागि हाम्रो जोडदार माग रहन्छ,’ पुनले भन्नुभयो ।

Shreekrishna
Gunasthariya Shiksya

आदिवासी जनजाति प्रतिष्ठान ऐन २०५८ बमोजिम सुचिकृत संख्यात्मक रुपमा सवै भन्दा धेरै संख्यामा रहेको आदिवासी मगर जातिभित्रको एक प्रमुख थर पुन भएको तर नेपाल सरकार अन्तर्गतको राष्ट्रिय तथ्याङ्क कार्यालयमा लिखित रुपमा पटक पटक जातिलाई फुटाउने दुराशयले पुनको छुट्टै संख्या निकाल्ने जस्तो अक्षम्य गल्ती भएको ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।
सरकारको यस प्रकारको त्रुटीले मिलेर बसेको मगर समुदायलाई द्वन्दको विजारोपण गराएको हुनाले तत्कालै सच्याउन पत्र मार्फत अनुरोध गरिएको मगर संघ म्याग्दीका उपाध्यक्ष खम थापामगरले बताउनुभयो ।

इतिहाँस, भूगोल, भाषा, संस्कृति, भेषभुषा, रहनसहन र प्राचिन हिसाबले पुनहरु मगर जातिभित्रको एक प्रमुख थर भएको हुनाले ३ दिन भित्र पुन जाति भनि सार्वजनिक गरिएको ९ हजार ८ सय २७ संख्यालाई तुरुन्तै मगर जातिको संख्यामा गाभ्न निर्देशन गर्नका लागि सरकारको ध्यानाकर्षण गराईएको छ ।

२०७८ सालको राष्ट्रिय जनगणनामा म्याग्दीमा पनि अन्नपूर्ण गाउँपालिकामा ३ हजार ४ सय १४ र रघुगंगा गाउँपालिका ३ सय ४५ गरि ३ हजार ७ सय ६५ संख्याले जातिमा पुन लेखाएको तथ्यांकमा देखिएको छ ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...