अपाङ्गलाई घुम्ति शिविर मार्फत परिचयपत्र वितरण

Gandaki Ghumau

बेनी, । म्याग्दीको बेनी नगरपालिकाका अपाङ्गता भएका सर्वसाधारणलाई घुम्ति शिविर मार्फत परिचयपत्र वितरण गरिएको छ ।

बेनी नगरपालिकाको अपाङ्गता समन्वय समिति मार्फत नगर उपप्रमुख ज्योती लामिछानेको नेतृत्वमा जेठ २९ र ३० गते वडा नम्बर २, ९ र १० मा शिविर भएको थियो । तीन वटा वडामा १७ जनालाई डिजिटल (विद्युतीय) परिचयपत्र वितरण गरिएको नगरपालिकाले जनाएको छ ।

शिविर मार्फत वडा नम्बर २ मा एक जनालाई (क), चार जनालाई (ख) र एक जनालाई (ग) बर्गको परिचयपत्र प्रदान गरिएको छ । यसैगरी वडा नम्बर १० मा एक जनालाई (क), तीन जनालाई (ख) र एक जनालाई (ग) बर्गको अपाङ्ग परिचयपत्र वितरण भएको छ ।

Shreekrishna
Gunasthariya Shiksya

वडा नम्बर ९ मा चार जनालाई (ख) र दुई जनालाई (ग) बर्गको परिचयपत्र वितरण भएको छ । अपाङ्गता पहिचान र प्रमाणिकरण गर्न चिकित्सक सहित घुम्ति शिविर सञ्चालन गरेको नगरपालिकाले हिडडुल गर्न नसक्नेलाई घरमै पुगेर परिचयपत्र दिएको छ ।

घुम्ती टोलीमा उपप्रमुख लामिछाने, नगरपालिकाका प्रशासकीय अधिकृत युवराज थापा, महिला तथा बालबालिका शाखाका प्रमुख प्रतिमा शर्मा, वडा अध्यक्षहरु यामबहादुर कार्की, चक्र केसी, मसबिर रोका, अपाङ्ग संघका सुरेन्द्र खत्री सहभागी हुनुभएको थियो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...