बेनी–जोमसोम सडक अवरुद्ध

khali

बेनी, । बाढीले कल्भर्ट बगाएपछि म्याग्दीको उत्तरी क्षेत्र हुदै मुस्ताङ जिल्लालाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक अवरुद्ध बनेको छ ।
सडक अन्तरगत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ्ग तातोपानीमा रहेको कल्भर्ट पुल मंगलबार रातीको बाढीले बगाएको हो । पुल बगाएपछि बेनी–जोमसोम सडकमा सिधा सवारी आवत जावत बन्द भएको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले जानकारी दिनुभयो ।
बेनीबाट मुस्ताङ जाने र मुस्ताङबाट बेनीतर्फ आउने सवारी साधनहरु बिच बाटोमै रोकिएका छन् । जेठ ६ गते रातीको बाढीले भुरुङ्ग तातोपानीमा रहेको ३ मिटर लामो कल्भर्ट पुल भत्काएको थियो ।
पुल भत्काएपछि ह्युम पाइप राखेर अस्थाई रुपमा खोला वारपार गर्ने संरचना बनाइएको थियो । पुःन बाढी आएर ह्युम पाइप र वरपरको सडक कटान गरेर बगाएको हो ।
७६ किलोमिटर दुरिको बेनी–जोमसोम सडक कालीगण्डकी कोरिडोर सडक आयोजना मार्फत स्तरोन्नतिको क्रममा छ । आयोजनाका सुुपरभाइजर इन्द्रसिंह शेरचनले बुधबार बिहानै देखि डोजर र मजदुर परिचालन गरेर सडक खुलाउने प्रयास भैरहेको बताउनुभयो ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...