ठेकेदारको लापरबाहीले डम्मराका थापा परिवारको उठिबास

Sinchai Khanipani notice

बेनी । बेनी–दरवाङ सडक आयोजनाका ठेकेदारको लापरबाहीका कारण बेनी नगरपालिका–६ डम्मराका बासिन्दाको उठिबास भएको छ ।

सडक बिस्तारका क्रममा भत्काएको पाखोमा संरक्षणका लागि पर्खाल नलगाएको र भल ब्यवस्थापन गर्ने नाली नबनाएकाले डम्मराको बस्ति पहिरोको जोखिममा परेको छ ।

डम्मराकी लक्ष्मी थापाको चार तले पक्की घर ठेकेदारको लापरबाहीका कारण भत्किएर बस्नै नहुने भएको छ । १४ वर्षअघि दुई वटा खेत बेचेर, ढुकुटी खेलेर र ऋण लिएर बनाएको २ वटा सटर सहितको १४ कोठे घर बनाएका थिए ।

Shreekrishna hardwear in news

फर्निचर समेत खोलेका लक्ष्मी र खड््क बहादुर थापाको ७ जनाको परिवार अहिले छिमेकीकहाँ दुई वटा कोठा भाडामा लिएर बसेका छन् । जिबनघर कमाएको पैसाले बनाएको घर भत्कीएपछि कार्की परिवारको उठिबास भएको छ । दुई करोड पचास लाख रुपैयाँ भन्दा बढी क्षति भएको छ ।

Bhautik ministry notice about road

छापको खेत बेचेर डम्मरामा घडेरी किनेर घर बनाएका थिए । घरका सबै कोठाका पर्खाल चर्कीएका छन् । भुई चिरा चिरा परेको छ । घर अगाडी चर्किएको जमिनभित्र पानी पसेर थप क्षति हुन नदिन त्रिपालले छाइएको छ ।

सडक बिस्तारका क्रममा डिलतर्फ पर्खाल लगाउन र खोल्साको भल ब्यवस्थापन गर्ने नाली बनाउन पटक पटक गरिएको अनुरोधलाई ठेकेदारले बेवास्ता गरेका कारण आफूहरुको बिचल्ली भएको थापाले गुनासो गर्नुभयो ।

पुर्बाधार बिकास कार्यालय म्याग्दी मार्फत सञ्चालित बेनी–दरवाङ सडक आयोजनाको बेनी देखि डम्मरा हुदै १२ किलोमिटर ५०० मिटर दुरीको ठेकेदार कम्पनी समानान्तर–लामा जेभी हो । ढिलासुस्ति गरेको ठेकेदार कम्पनी अहिले कोरोनाको जोखिम, लकडाउन र बाढी पहिरोको बाहनामा सम्पर्कबिहिन भएका छन् ।

सडक बिस्तारका क्रममा जथाभावि पाखो खनेर संरक्षणको काम नगर्दा चुत्रेनीमा पनि अर्को एक वटा घर भत्किएको छ । डम्मराका धेरै घर र सडक आसपासका बस्ति बाढी र पहिरोको चपेटामा परेका बेनी नगरपालिका–६ का वडा अध्यक्ष कृष्णसिंह बानियाले बताउनुभयो । चुत्रेनी सम्मनै पहिरो निम्ताएको उहाले बताउनुभयो ।

डम्मराकी कबिता बानिया कार्कीले पाखोबाट खसेको पहिरोले घरको पर्खाल भत्किएको बताउनुभयो । समयमै काम नहुँदा सडक आयोजनाका कारण डम्मराका बीस भन्दा बढी घर जोखिममा परेका छन् । बर्षा हुदा सडकबाट बस्तिमा भल पसेर दुख दिने गरेको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...