विज्ञ टोलीद्धारा फगाम र काभ्रेको पहिरो अध्ययन

khali

बेनी, । विज्ञहरुको टोलीले सोमबार म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको दुई स्थानमा पहिरोको अध्ययन गरेको छ ।

पश्चिमाञ्चल इन्जिनियरीङ क्याम्पसका सह प्राध्यापक डा. कृष्णप्रसाद भण्डारीको टोलीले अन्नपूर्ण गाउँपालिका–३ को फगाम र काभ्रेको पहिरोको अध्ययन गरेको हो । टोलीमा जियोमेटिक इञ्जिनियर बिकास शेरचन, हाइड्रोलोजिष्ट नवराज न्यौपाने, भूवर्गविद् सुजन सुवेदी, हेमन्त कुमार महतरा पनि सहभागि हुनुहुन्छ ।

टोलीले पहिरो प्रभावित क्षेत्रको स्थलगत निरिक्षण गर्नुका साथै वडा अध्यक्ष रमेश फगामी लगायत जनप्रतिनिधि र स्थानीयबासीहरुसँग छलफल गरेर फर्किएको अन्नपूर्ण गाउँपालिकाका ईञ्जिनियर इश्वर भण्डारीले बताउनुभयो ।

Shreekrishna hardwear in news
khali

“विपद्का दृष्टिकोणले अत्यन्तै संकटापन्न अवस्थामा रहेको फगाम र काभ्र्रेमा जोखिम न्युनीकरण र व्यवस्थापनका लागि विज्ञ टोलीले सुझाव सहितको प्रतिवेदन दिनेछ्,” उहाँले भन्नुभयो “विज्ञको प्रतिवेदनको आधारमा जोखिम न्युनीकरण र व्यवस्थापनको काम गर्ने तयारीमा छौ ।”

भिरालो पाखोमा रहेको फगाम र काभ्रेको जमिन धाजा फाटेर चिरा–चिरा भई केही वर्षयता बगिरहेको छ । ३८ परिवारको बसोबास भएको फगाममा तीन वर्षअघि पहिरो चल्दा २३ घर चर्किएका र ६ वटा घर भत्किएको थियो ।

बस्तिको मुनी रहेको बेनी–जोमसोम सडक निर्माण र विस्तारसँगै काभ्रे गाउँका करिब २० घर प्रभावित भएका छन् । फगाम गाउँको करिब पाँच सय मिटर तल मुस्ताङलाई जोड्ने बेनी–जोमसोम सडक निमार्णाधिन अवस्थामा छ ।

फगामका बासिन्दा समेत रहेका वडा सदस्य दुर्गादत्त सुवेदीले केही वर्षयता जमिन तलतल सरिरहेको बताउनुभयो । पहिरोको जोखिम अध्ययनका लागि गाउँपालिकाले विज्ञहरुलाई प्राबिधिक अध्ययनका लागि अनुरोध गरेको थियो ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...