म्याग्दी खोलाको पानी पोक फाँटमा

Gandaki Pardesh notice

बेनी, म्याग्दीको मंगला गाउँपालिका–५ पोकमा ‘लिफ्ट’ सिचाई आयोजना निर्माण भएको छ ।
मंगला गाउँपालिकाको आर्थिक सहयोगमा म्याग्दी नदीको पानी तानेर पोकको फाँटमा लगेर सिचाई गर्न थालिएको हो । ३० हर्सपावर क्षमताको पम्प प्रयोग गरेर म्याग्दी नदीको पानी ६५ मिटर माथि तानिएको मंगला गाउँपालिकाका प्राविधिक नगेन्द्र सापकोटाले बताउनुभयो ।
“म्याग्दी नदिको किनारबाट ९० मिलिलिटरको पाइपबाट पानी तानेर ६५ मिटर माथि पोक फाँटको सिरानमा पु¥याइएको छ,” उहाँले भन्नुभयो “नहरबाट कृषकको खेतबारीमा पानी लगेर सिचाई गर्न सकिन्छ ।” लिफ्ट सिचाई आयोजनाको सोमबार परिक्षण सफल भएको प्राविधिक सापकोटाले बताउनुभयो ।
पोक म्याग्दीको मकै, गहुँ र धानबालीको भण्डार मानिन्छ । लिफ्ट सिचाई आयोजनाबाट पोकको ६५ हेक्टर जमिनमा सिचाई सुविधा पुगेको उपभोक्ता समितिका अध्यक्ष मनप्रसाद बुढाथोकीले बताउनुभयो । ५२ घरधुरी कृषक लाभान्वित भएका छन् । हिउँदयाममा सिचाई अभावमा कृषकलाई खेतीबाली लगाउन समस्या परेपछि लिफ्ट प्रबिधिको बिकल्प अपनाइएको हो ।

Bhautik ministry notice about road


बर्खायाममा मुल फुट्ने र खोल्सामा पानी आउने हुँदा सिचाइको समस्या हुदैन् । खडेरी र हिउँद याममा सिचाई अभावमा बाली सुक्ने समस्या छ । पानीको अभावमा धानको ब्याड राख्न नपाएका र खेतको मकै सुकेर क्षति ब्यहोर्नुपर्ने समस्या हट्ने पोकका कृषकको अपेक्षा छ । सिचाई भएपछि जमिन बाँझो राख्नुपर्ने समस्या हटेर बाह्ै महिना मौसम अनुकुलको खेती लगाउन सकिने भएको छ ।
लिफ्ट सिचाई आयोजना निर्माणका लागि मंगला गाउँपालिकाले चालु आर्थिक वर्ष २०७९÷८० मा रु. दश लाख बजेट बिनियोजन गरेको थियो । पम्प, पाइप खरिद र नेपाल विद्युत प्राधिकरणसँग समन्वय गरी नयाँ ट्रान्सफर्मर राखेर विद्युतको व्यवस्था मिलाइएको छ ।
म्याग्दी नदी किनारमा आवश्यक परेको समयमा पाइप राखेर पानी तान्न मिल्ने संरचना बनाइएको थियो । आगामी वर्ष म्याग्दी नदीबाट तानेको पानी संकलन गर्ने पोखरी बनाउने योजना रहेको गाउँपालिकाले जनाएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...