धवलागिरीका सुत्केरीलाई घ्यू र गर्भवतिलाई अण्डा

khali

बेनी, । म्याग्दीको धवलागिरी गाउँपालिकाले गर्भवति, सुत्केरी र दुई बर्ष सम्मका बच्चालाई पौष्टिक आहरा उपहार दिएको छ ।

‘सुनौला हजार दिनका आमासँग उपाध्यक्ष’ कार्यक्रम मार्फत पालिका भित्रका स्वास्थ्य संस्थामा तोकिएको समयमा गर्भपरिक्षण, बच्चाको तौल बृद्धी अनुगमन गर्ने र सुरक्षित प्रसुति हुनेलाई घ्यु, अण्डा लगायतका पौष्टिक आहरा उपहार दिइएको हो ।

गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक सम्झना कार्कीले मातृ शिशु स्वास्थ्यमा सुधार, सुरक्षित प्रसुति सेवामा पहुँच बढाउने र कुपोषण न्युनीकरणका लागि पौष्टिक आहरा उपहार दिने कार्यक्रम सञ्चालन गरिएको जानकारी दिनुभयो ।

Shreekrishna hardwear in news

“स्वास्थ्य संस्थामा सुत्केरी भएका, चार, छ, आठ र नौ महिनामा गर्भजाँच गराउने आमा र १५ महिनाभित्र तोकिएका सबै मात्राको खोप लगाएका तथा १२ र २४ महिनामा तौलको बृद्धी अनुगमन गर्न आउनेलाई पोषिला खानेकुरा दिने गरिएको छ,” उहाँले भन्नुभयो “पालिका भित्रका स्वास्थ्य संस्थाबाट सेवा लिने आमा र बच्चाले यो सुबिधा पाउने कार्यबिधी बनाएका छौ ।”

khali

चार पटकको गर्भपरिक्षण र सुत्केरी भएपछि पाँच क्यारेट अण्डाको साथमा आधा लिटर घ्यु र सुप बनाएर सुत्केरीले खाने ज्वानो उपलहार दिने गरिएको छ । १५ महिनामा तोकिएको सबै मात्राको खाप लगाउने, १२ र २२ महिनामा बृद्धी अनुगमन गर्ने बच्चाले पनि एक÷एक क्यारेट अण्डा पाउँछन् ।

चालु आर्थिक बर्षमा रु. पाँच लाख बजेट बिनियोजन भएको यस कार्यक्रमबाट आइतबार वडा नम्बर ६ मराङमा उपाध्यक्ष रेशम पुन मगर, वडा अध्यक्ष राजाराम सुवेदी, स्वास्थ्य शाखा संयोजक कार्कीले पौष्टिक आहरा वितरण गर्नुभएको छ । चालु आर्थिक वर्षमा सुत्केरी भएका १२६ जनाले यो सुविधा पाइसकेका छन् ।

भौगोलिक रुपमा बिकट र दुर्गम क्षेत्रमा पर्ने धवलागिरी गाउँपालिकाका अधिकांश महिला सुत्केरी हुन सदरमुकाम बेनी तथा जिल्ला बाहिरका अस्पतालमा जाने गर्छन् । केही अझै पनि भरमा असुरक्षित रुपमा सुत्केरी हुने गरेका छन् । धवलागिरीको सात वटै वडाका स्वास्थ्य संस्थामा सुरक्षित प्रसुति सेवा उपलब्ध छ ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...