धवलागिरीमा दिर्घरोगीको घरघरमा अध्यक्ष

khali

बेनी, । म्याग्दीको धवलागिरी गाउँपालिकाले दिर्घरोगीको घरघरमा अध्यक्ष कार्यक्रम सञ्चालन गरेको छ ।
दिर्घरोगीहरुको अवस्था पहिचान र उनिहरुको औषधी उपचारमा सघाउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो । गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले दिर्घरोगीहरुलाई घरदैलोमै औषधी उपचारको व्यवस्था मिलाउन कार्यक्रम सञ्चालन गरिएको जानकारी दिनुभयो ।
कार्यक्रम मार्फत सबै वडा र बस्तिबाट नियमित औषधी सेवन गरिरहेका दिर्घरोगीहरुको विवरण संकलन गरिएको छ ।दिर्घरोगी र उनीहरुले सेवन गर्ने औषधीको विवरण संकलन गर्न सात वटै वडामा घरभेट गर्ने कार्यक्रम छ । वडा नम्बर १ गुर्जामा आइतबार दर्घिरोगीहरुसँग भेटघाट गरिएको छ ।

khali


Shreekrishna hardwear in news

यसअघि अन्य पाँच वटा वडामा कार्यक्रम गरिएको थियो । गुर्जामा ८ जना दिर्घरोगी पहिचान भएका गाउँपालिकाको स्वास्थ्य शाखाका सहसंयोजक अनिषा आचार्यले बताउनुभयो । वडा नम्बर २ लुलाङमा कार्यक्रम गर्न बाँकी छ । सवै वडाबाट दिर्घरोगी र उनिहरुले सेवन गर्ने औषधीको विवरण संकलन गर्ने काम भैरहेको आचार्यले बताउनुभयो ।
विवरण संकलन भएपछि गाउँपालिकाले औषधी खरिद गरेर दिर्घरोगीहरुलाई उपलब्ध गराउने तयारी गरेको छ । दिर्घरोगीसँग अध्यक्ष कार्यक्रम सञ्चालन गर्न धवलागिरी गाउँपालिकाले चालु आर्थिक वर्षमा रु. २० लाख बजेट बिनियोजन गरेको छ ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...