रघुगंगाको पिप्ले–भगवति सडक कालोपत्र शुरु

Gandaki Kotihome

भगवति, । म्याग्दीको रघुगंगा गाउँपालिकाको पिप्ले–भगवति सडक कालोपत्र शुरु भएको छ ।

गण्डकी प्रदेश सरकारको गलेश्वर–पिप्ले–भगवति–बेगखोला सडक आयोजना अन्तरगत रघुगंगा–२ भगवति देखि वडा नम्बर ३ पिप्ले जोड्ने ५ किलोमिटर सडक कालोपत्र गर्न ‘प्राइम कोट’ बिछ्याउन थालिएको छ ।

पूर्वाधार विकास कार्यालय म्याग्दीका सडक इञ्जीनियर सञ्जय सुवेदीले सडक विस्तार, नाली, पर्खाल निर्माण र ग्राभेल सकेर डिबिएसडी प्रबिधिको कालोपत्र गर्न पहिलो चरणमा प्राइम कोट राख्न थालिएको जानकारी दिनुभयो ।

Upper Myagdi transmition line notice

“पिप्ले देखि भगवतिको मैदानसम्म ५ किलोमिटर सडक कालोपत्र गर्न लागिएको हो” उहाँले भन्नुभयो “सात मिटर चौडाईमा फस्ट कोट १.२ लिटर प्रति वर्गमिटर र एक लिटर प्रतिवर्गमिटरका दरले सेकेण्ड कोट पिच गर्न लागिएको छ ।”

प्राइम कोट हालेको २४ घण्टापछि बिटुमिन र चिप्स राखेर फस्ट कोडको कालोपत्र गरिन्छ । प्राइम कोट राख्नुअघि विभिन्न चरणमा रोडा, गिट्टी, बालुवा, ढुङ्गा र माटोलाई सडकमा पेलेर लेभल मिलाउने काम अन्तिम चरणमा पुगेको छ ।

गण्डकी प्रदेश सरकारको “एक निर्वाचन क्षेत्र एक नमुना सडक कार्यक्रम” अन्तरगत बि.स. २०७६ देखि सुरु भएको आयोजनाको एपेक्स–खड्का कृष्ण जेभीले रु. १८ करोड ४९ लाख ८३८ मा ठेक्का सम्झौता गरेको थियो ।

Annapurna aarohan ko notice

बि.स. २०७८ जेठ २४ गते सकिनुपर्ने सडक निर्माणमा कोरोना महामारी, प्राकृतिक विपद्, नदीजन्य निर्माण सामग्रीको अभाव, सामाजिक लगायतका कारणले ढिलाई भएको एपेक्स–खड्का कृष्णका इञ्जिनियर रामु कडेलले बताउनुभयो । मौसमले साथ दिएमा एक महिनाभित्र सडक कालोपत्र गर्ने सबै काम सक्ने निर्माण कम्पनीले जनाएको छ ।

गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर भण्डारीले धेरै प्रयास गरेर निर्माण व्यवसायीलाई काममा फर्काएर कालोपत्र गर्ने अवस्थासम्म सडक आएको बताउनुभयो । वडा, पालिका, जिल्ला, प्रदेश र संघीय जनप्रतिनिधिहरुले पिप्ले–भगवति सडक आयोजना निर्माणलाई गति दिन दवाव, सहजिकरण र समन्वय गर्नुभएको थियो ।

प्रदेश सांसद भण्डारी, पुर्व सांसद बिनोद केसीको टोलीले आइतबार सडक कालोपत्रको कामको अनुगमन गर्नुभएको थियो । गलेश्वर देखि बगैचा र बगैचा देखि रघुगंगा माविको भवन अगाडीसम्मको करिब तीन किलोमिटर सडकमा भने यो आयोजनाले काम नगर्ने भएको छ ।

गलेश्वर देखि बगैचासम्मको सडक पहिरोको जोखिमका कारण काम रोकिएको हो । बगैचादेखि रघुगंगा मावि सम्मको सडक राहुघाट जलबिद्युत आयोजनाले कालोपत्रे गर्ने भएको छ । यो सडक स्तरोन्नति भएपछि पिप्ले, भगवति र बेगखोलाका तीन हजार भन्दा बढी घरधुरी लाभान्वित हुने बताइएको छ ।

सदरमुकाम बेनी जान–आउन, कृषि उपज निकासी, खाद्यान्न लगायत दैनिक उपभोग्य सामान ढुवानीका साथै बिरामीलाई समयमै अस्पताल पु¥याउन सकिने रघुगंगा–२ भगवतिका वडा अध्यक्ष अमृत भण्डारीले बताउनुभयो । सडक कालोपत्र गर्ने कामलाई गति दिन निर्माण अवधिभर यातायातका साधन सञ्चालन बन्द गरिएको उहाँले बताउनुभयो ।

बैकल्पिक सडक प्रयोग गर्न वडा कार्यालय र जिल्ला प्रशासन कार्यालयले सूचना मार्फत अनुरोध गरेका छन् । बि.स. २०६६ मा यो मार्ग खोलिएको यो सडक सामान्य मर्मत गरेर यातायातका साधन सञ्चालन हुदै आएको थियो । जिर्ण सडकमा जोखिम र कष्टपूर्ण यात्रा गर्नुपर्ने बाध्यता थियो ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...