विद्यालय स्तरीय भलिबल प्रतियोगिताको उपाधी ज्ञानप्रकाश माविलाई

Gandaki Pardesh notice

बेनी,। म्याग्दीको बेनी नगरपालिका–९ तोरीपानीमा रहेको गलेश्वर माविमा शनिबार अन्तर माध्यमिक विद्यालय स्तरीय छात्र भलिबल प्रतियोगिता सम्पन्न भएको छ ।
२२ विद्यालयको सहभागितामा तीन दिनसम्म सञ्चालन भएको प्रतियोगितामा अन्नपूर्ण गाउँपालिका–३ दानाको ज्ञानप्रकाश मावि बिजयी भएको छ । बेनीको प्रकाश मावि उपविजेता बनेको छ । गोविन्द पुर्जाले उत्कृष्ट खेलाडीको पुरस्कार पाएका छन् ।
प्रतियोगितामा बिजेता र उपबिजेताले क्रमश रु. ५५ हजार ५५५ र रु. ३३ हजार ३३३ पुरस्कार प्राप्त गरेका छन् । विद्यालय बालबालिका कार्यक्रम अन्तरगत भएको छात्र भलिबल प्रतियोगितामा कक्षा ९ देखि १२ सम्म पढ्ने विद्यार्थीले भाग लिएका थिए ।

Bhautik ministry notice about road

“हाम्रा विद्यार्थी, हाम्रो पहिचान, खेलसँगै गुणस्तरीय शिक्षाको अभियान” भन्ने नाराका साथ कार्यक्रम आयोजना गरिएको हो । गण्डकी प्रदेश खेलकुद परिषद्को सहयोग र जिल्ला खेलकुद विकास समितिको समन्वयमा प्रतियोगिता सञ्चालन भएको हो ।

जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसी, बेनी नगरपालिका ९ का वडा अध्यक्ष चक्र केसी, गलेश्वर माविका प्रअ गणेश बानिया लगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...