धवलागिरी र मालिकामा ब्रह्माण समाज गठन

Add Samajik bikash office

ताकम, । म्याग्दीको मालिका र धवलागिरी गाउँपालिकामा शनिबार ब्रह्माण समाजको पालिका स्तरीय समिति गठन भएको छ ।
ऋषिराम सुवेदीको अध्यक्षतामा गठन भएको ब्रह्माण समाज धवलागिरीको उपाध्यक्षमा लोकनाथ पौडेल, सचिवमा नेत्रलाल सुवेदी, कोषाध्यक्षमा नरेश पौडेल र सहसचिवमा रघुनाथ सुवेदी चयन हुनुभएको छ ।
नवराज सुवेदी, लक्ष्मण सुवेदी, कर्णनाथ सुवेदी, लोकबहादुर हमाल सुवेदी, हेमनाथ पौडेल, रमेशराज पौडेल, गोविन्द पौडेल, भुवानी पौडेल, श्यामप्रसाद आचार्य र तारानाथ पौडेल सदस्यमा चयन हुनुभएको छ । राजाराम सुवेदी, कलानिधि सुवेदी, धु्रबराज सुवेदी, गंगाधर सुवेदी, छवीलाल सुवेदी, गोपाल आचार्य र तुलसीनाथ सुवेदीलाई सल्लाहकार चयन गरिएको छ ।

Bhautik ministry notice about road


यसैगरी श्रीदत्त गौतमको अध्यक्षतामा चयन भएको मालिका गाउँपालिका स्तरीय ब्रह्माण समाजको उपाध्यक्षमा श्रीलाल सुवेदी, सचिवमा नन्दप्रसाद न्युरे, कोषाध्यक्षमा मिना आचार्य पौडेल र सहसचिवमा भरत सुवेदी चयन हुनुभएको छ ।
सदस्यहरुमा अमृत सापकोटा, चुडामणी सापकोटा, भगवति सुवेदी, लक्ष्मी सापकोटा, जिवलाल जैसी, घनश्याम सुवेदी लगायत रहनुभएको छ । ब्रह्माण समाज म्याग्दीका अध्यक्ष लिलाराम गौतमको अध्यक्षता, सचिव हरिप्रसाद पौडेलको सञ्चालनमा सम्पन्न कार्यक्रममा कोषाध्यक्ष ज्ञानेन्द्र सुवेदी र सदस्य कोमलप्रसाद ढुङ्गानाले मन्तब्य व्यक्त गर्नुभएको थियो । दरवाङमा मोतिराज गौतमले स्वागत र राजाराम सुवेदीको प्रमुख आतिथ्यतामा ताकममा भएको कार्यक्रममा गोपाल आचार्यले स्वागत गर्नुभएको थियो ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...