प्रदेश स्तरीय बास्केटबलको उपाधी म्याग्दीलाई

Gandaki Pardesh notice

पोखरा, । पोखरामा शनिबार सम्पन्न गण्डकी प्रदेश स्तरीय बास्केटबल प्रतियोगितामा म्याग्दी बिजयी भएको छ ।

गण्डकी प्रदेश खेलकुद विकास परिषद्ले आयोजना गरेको प्रतियोगितामा पर्वतलाई हराउदै म्याग्दी च्याम्पियन भएको हो । जिल्ला खेलकुद विकास समिति म्याग्दीका उपाध्यक्ष समेत रहेका बास्केटबल खेल प्रशिक्षक बिसन रानाले म्याग्दीले पर्वतलाई ८० का विरुद्ध ८३ स्कोर गरेर उपाधी जितेको जानकारी दिनुभयो ।

Bhautik ministry notice about road

बिजेता र उपबिजेताले ट्रफि, मेडल र प्रमाणपत्र सहित क्रमश रु. ६० हजार र ४० हजार नगद पुरस्कार प्राप्त गरेका छन् । म्याग्दीका खेलाडीहरु पुस्कल छन्त्यालको कप्तानिमा मैदानमा उत्रिएका थिए । सात वटा जिल्लाले सहभागिता जनाएको प्रतियोगिता तीन दिनसम्म सञ्चालन भएको थियो ।

Shreekrishna hardwear in news

प्रतियोगितामा सहभागि खेलाडीहरुले भत्ताको दर घटाउँदा दुर्गमका खेलाडीलाई मर्का परेको र व्यवस्थापन पक्ष फितलो भएको गुनासो गरेका छन् ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...