मालिकाको रुममा विद्युतीकरण

Gandaki Pardesh notice

बेनी । म्याग्दीको मालिका गाउँपालिकाको दुई वटा वडाको चार सय बढी घरधुरीमा विद्युतीकरण भएको छ ।

भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा पर्ने मालिकाको वडा नम्बर २ र ३ मा केन्द्रिय लाइनको विद्युत सुविधा विस्तार भएको हो । नेपाल विद्युत प्राधिकरणको बेनी वितरण केन्द्रले संरचना निर्माण, ट्रान्सफर्मर चार्च गरेर शनिबार देखि विद्युत आपूर्ति गराइएको जनाएको छ ।

केन्द्रका प्रमुख प्रशान्त कुमार झाले रुम ठूलोगाउँ, बिलबाङ, पन्थोक, गाल्दा टोलका ३०० घरधुरीमा विजुली बलेको जानकारी दिनुभयो । यसैगरी मालिकाको वडा नम्बर ३ मा पर्ने औला, स्याउलुङ, टिकरवाङ, डाडागाउँका ११५ घरधुरीमा पनि विद्युत विस्तार गरिएको उहाँले जानकारी दिनुभयो ।

Shreekrishna hardwear in news

“दुई वटा वडामा विद्युतीकरणका लागि न्यु ढुंगाना निर्माण सेवा बेनीले रु. एक करोड ६१ लाख १३ हजारमा ठेक्का लिएको थियो,” उहाँले भन्नुभयो “नेपाल सरकारको ग्रामिण विद्युतिकरण कार्यक्रमको रु. एक करोड २६ लाख ६४ हजार र विद्युत प्राधिकरणको रु. २४ लाख ५० हजार बजेट लगानी भएको छ ।”

Bhautik ministry notice about road

ठेक्का मार्फत मुख्य, शाखा लाइन विस्तार गर्न पोल गाड्ने, तार तान्ने, ढुवानी गर्ने, ट्रान्सफर्मर ढुवानी र जडान गरिएको हो । मिटरबक्स जडान र वायरीङको काम उपभोक्ता आफैले गरेका हुन् । मालिका–२ का वडा अध्यक्ष उदयबहादुर बुढाथोकीले केन्द्रिय लाइनको बिजुली बलेपछि स्थानीयबासीमा खुसीयाली छाएको बताउनुभयो ।

“लघुजलविद्युत परियोजनाबाट बिद्युत आपुर्ति हुदै आएको थियो,” उहाँले भन्नुभयो “केन्द्रिय लाइनको बिजुली भएपछि उद्यम, व्यवसाय सञ्चालन गर्न पनि सहयोग पुग्नेछ् ।” शनिबार बिजुली बलेको खुसीयालीमा रुमबासीले नाचगान गरेर खुसीयाली मनाएका छन् ।

मालिका–३ का वडा अध्यक्ष मोतिप्रसाद बुढाले केन्द्रिय लाइनको विद्युत सुविधा भएपछि स्थानीयबासीलाई घरायसी कामकाज गर्न, विद्यालयमा कम्प्युटर कक्षा सञ्चालन र सार्वजनिक सेवा प्रवाहमा सहज भएको बताउनुभयो ।

बेली, जेम लगायत छुटेका बस्तिमा पनि केन्द्रिय लाइनको विद्युत विस्तार गर्न पहल गरिएको जनप्रतिनिधिहरुले बताएका छन् । लघुजलविद्युत परियोजनाको विद्युत नियमित नहुँदा सौर्य उर्जा र टुकीमा निर्भर हुनुपरेको थियो ।

नेपाल बिद्युत प्राधिकरण म्याग्दी बितरण केन्द्र अन्तरगत पर्वतको जलजला गाउँपालिकाको मल्लाज, बाँसखर्क सहित करिब २२ हजार घरधुरीमा केन्द्रिय लाइनको विद्युत विस्तार भएको छ । केन्द्रका प्राबिधिक प्रमुख शिवराज पौडेलले मालिका गाउँपालिका–५ मगरङको ४१० घरधुरीमा एक वर्षयता केन्द्रिय लाइनको विद्युत पुगेको बताउनुभयो । चालु आर्थिक वर्षमा रघुगंगाको पात्लेखर्क, धवलागिरीको मराङ, अन्नपूर्णको दोवामा छुटेका बस्तीमा लाइन विस्तार र विद्युत आपुर्ति सुधार गर्न नयाँ ट्रान्सफर्मर राख्ने योजना छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...