गलेश्वरमा चप्पल बनाउने तालिम सुरु

Gandaki Ghumau

धनिलाल गर्बुजा
गलेश्वर, । म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वरमा फेन्सी चप्पल बनाउने तालिम सुरु भएको छ ।

बेनी नगरपालिकाको आमा समुहसंग उपमेयर कार्यक्रम अन्तर्गत नगरपालिकाको आयोजना, वडा नम्बर ९ को वडा कार्यालयको समन्वय र गलेश्वरधाम आमा समुहको संयोजकमा महिलाहरुका तालिम सञ्चालन भएको हो । १५ दिनसम्म सञ्चालन हुने तालिमको बेनी नगरपालिकाका उपप्रमुख ज्योती लामिछानेले शुक्रबार उद्घाटन गर्नुभयो ।

लामिछानेले महिलाहरुलाई स्वरोजगार मार्फत आर्थिक रुपमा सवल र सक्षम बनाउने उद्धेश्यले सिपमुलक तालिमको आयोजना गरिएको बताउनुभयो । आर्थिक हिसाबले परिवारमा पुरुषसंग आश्रीत हुनुपरेका महिलाहरुलाई सिपमुलक तालिमको माध्यमले आर्थिक सशक्तीकरण हुने विश्वास गर्दैे तालिममा सिकेको सिपलाई व्यक्तिगत वा सामुहिक रुपमा व्यवसायमा लाग्न आग्रह गर्नुभयो ।

Shreekrishna
Gunasthariya Shiksya

बेनपा–९, का वडा अध्यक्ष चक्रबहादुर केसीले वडामा रहेका १७ वटै आमा समुहलाई ३ समुहमा बिभाजन गरी फरक–फरक प्रकृतिको तालिम दिने बताउनुभयो । मानवीय विकास र समग्रमा महिला दिदिबहिनीलाई आत्मनिर्भर र सशक्तीकरण बनाउन उपप्रमुखसंग आमा समुह कार्यक्रम अन्तर्गत विभिन्न किसिमका सिप मुलक तालीम संचालन गर्न लागेको वडा अध्यक्ष केसीको भनाई थियो ।

कार्यक्रममा गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधव रेग्मी, जिल्ला सहकारी संघ म्याग्दीका अध्यक्ष प्रेम बहादुर कार्की (बिखर्ची)ले मानवीय विकास नभै मुलुक समृद्द हुन नसक्ने बताउँदै तालिममा मात्र सिमित नभएर सिकेका सिपलाई व्यवहारमा उतार्न आग्रह गर्नुभयो ।

३ समूहका २० जना महिला दिदीबहिनीहरूको सहभागिता रहेका १५ दिने तालिममा प्रशिक्षक सम्झना परियारले सहजिकरण गर्ने निशा जिसीले जानकारी दिनुभयो । गलेश्वरधाम आमा समुहकी अध्यक्ष फुलकुमारी रोकाको अध्यक्षता समुहकी उपाध्यक्ष विन्दु कार्की पुजाको स्वागत र सचिव निशा जिसीको सञ्चालनमा कार्यक्रमको उद्घाटन सत्र सम्पन्न भएको थियो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...