अर्थुङ्गेमा प्रभावकारी उद्घोषण तथा क्षमता विकास तालिम

Gandaki Pardesh notice

अर्थुङ्गे, । म्याग्दीको बेनी नगरपालिका–६ अर्थुङ्गेमा शुक्रबारदेखि प्रभावकारी उद्घोषण तथा क्षमता विकास तालिम शुरु भएको छ ।
ज्ञानमन्दिर सामुदायिक सिकाई केन्द्र अर्थुङ्गेले संस्थाका आजिवन सदस्य तथा महिलाहरुका लागि तालिम आयोजना गरेको हो । तालिमको जिल्ला शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख दलबहादुर थापाले उद्घाटन गर्नुभयो ।
तीन दिनसम्म सञ्चालन हुने तालिममा ३० जनाको सहभागिता छ । केन्द्रका अध्यक्ष ज्ञानेन्द्र सुवेदीको अध्यक्षता, पद्मा गौतमको सञ्चालन र कुमारी गुरुङको स्वागत मन्तब्यमा कार्यक्रम सम्पन्न भएको थियो ।

Bhautik ministry notice about road


पहिलो दिनको तालिमको सहजिकरण नेपाल पत्रकार महासंघ म्याग्दीका उपाध्यक्ष हरिकृष्ण गौतमले गर्नुभएको थियो । शनिबार पत्रकार महासंघका सचिव सन्तोष गौतम र आइतबार म्याग्दी जेसिजका पुर्व उपाध्यक्ष सन्दिप खत्रीले तालिमको सहजिकरण गर्नुहुने जनाइएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...