मिस्टर विश्वकर्माको उपाधी म्याग्दीका दिनेशलाई

khali

बेनी, । म्याग्दीको बेनीका दिनेशकुमार विश्वकर्माले मिस्टर विश्वकर्मा २०२३ को उपाधी जित्नुभएको छ ।
बि बोर्स इन्टरटेन्टमेन्टले आयोजना गरेको मिस्टर एण्ड मिस विश्वकर्मा इन्टरकन्टिनेन्टल २०२३ को शुक्रबार काठमाडौमा भएको फाइनलमा दिनेशलाई आयोजकले बिजेता घोषणा गरेका हुन् ।
उत्कृष्ट दश जनाभित्र पर्नुभएका दिनेश लगायत सहभागिहरुका लागि भोटिङ गरिएको थियो । ट्यालेन्ट सो पनि गरिएको थियो । व्यक्तित्व, क्षमता र भोटिङ लगायतका आधारमा बिजेता घोषणा गरिएको हो ।
मिस्टर विश्वकर्माको उपाधी सहित दिनेशले नगद रु. पचास हजार समेत प्राप्त गर्नुभएको छ । बेनीको संगमचोकका बासिन्दा दिनेश म्याग्दी जेसिज लगायत विभिन्न संघ संस्थामा आवद्ध हुनुहुन्छ । उहाँ सामाजिक गतिबिधि र काममा रुची राख्ने गर्नुहुन्छ ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...