कदमको २५ औ स्थापना दिवस

Gandaki Ghumau

बेनी, । सामाजिक क्षेत्रमा क्रियाशिल गैरसरकारी संस्था कदम म्याग्दीले शुक्रबार २५ औ स्थापना दिवस मनाएको छ ।

बेनी नगरपालिका–२ बगरफाँटमा रहेका सरस्वती आधारभूत विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेर स्थापना दिवस मनाएको हो । स्थापना दिवसको अवसरमा संस्थाले आफ्नो वेवसाइट डब्लु डब्लु डब्लु डट कदम म्याग्दी ओआरजी डट एनपी नामको वेभसाइट पनि सञ्चालनमा ल्याएको छ ।

Gunasthariya Shiksya

कदम म्याग्दीका अध्यक्ष हरिप्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सरस्वती आधारभूत विद्यालयका व्यवस्थापन समितिका मिनबहादुर कार्की, सल्लाहकार कृषि विज्ञ डा. टिकाबहादुर कार्की, प्रअ छेमप्रसाद पुन, संथापक अध्यक्ष निलकण्ठ रेग्मी, कार्यकारी निर्देशक मुक्तिप्रसाद ढुङ्गानाको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन कदम म्याग्दीका जनस्वास्थ्य अधिकृत निरमाया मिजारले गर्नुभएको थियो ।

Shreekrishna

वि.स. २०५६ जेठ २५ गते स्थापना भएको कदमले स्वास्थ्य, घुँवामुक्त अभियान, सरसफाई, संस्थागत प्रसुति सेवाको प्रर्वद्धन, स्वास्थ्य संस्थाको सामाजिक परिक्षण लगायतका कार्यक्रम गर्दै आएको छ । पैरवी र पूर्वाधार दुवै क्षेत्रका गतिबिधि गरेको छ ।नाट्यकर्मीहरुको अगुवाईमा स्थापना भएको संस्थाले २५ वर्षदेखि आफ्ना गतिबिधिलाई निरन्तरता दिएको छ ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...