धवलागिरीको मल्कवाङ, भेडिखाल्टा र पन्थोक बेशीमा खानेपानी आयोजना निर्माण

Health and samajik ministry notice

बेनी, म्याग्दीको धवलागिरी गाउँपालिकामा करिब रु. एक करोडको लागतमा एक घर एक धाराको सुविधा भएका तीन वटा खानेपानी आयोजना निर्माण भएका छन् ।
नेपाल स्वास्थ्यको लागि पानी (नेवा), धवलागिरी गाउँपालिका र समुदायको लागत साझेदारीमा वडा नम्बर ५को मल्कवाङ, भेडिखाल्टा र वडा नम्बर ६ को वेशी पन्थोकमा आयोजना निर्माण भएका हुन् । नेवाका प्राविधिक निरीक्षक रामबहादुर बुढाले रु. ९४ लाख नौ हजार ८०२ को लागतमा निर्माण भएको आयोजनाबाट १५३ घरधुरी लाभान्वित भएका छन् ।
“घरघरमा मिटर जडित निजी धारा मार्फत खानेपानी वितरण गरिएको छ,” उहाँले भन्नु्भयो “आगामी आर्थिक वर्ष २०८०÷०८१ मा धवलागिरी–२ खोरीया र लमसुङमा दुई वटा खानेपानी आयोजना बनाउन सर्वेक्षण भएको छ ।”
रु. ५७ लाख ६२ हजार ८०३ को लागतमा निर्माण भएको मल्कवाङ खानेपानी आयोजनाबाट ८५ धरधुरी लाभान्वित भएका छन् । छहराको मुहानबाट पानी ल्याएर मल्कवाङमा ४९, होपाटोलमा ३८ घर, वडा, विद्यालय र स्वास्थ्य चौकीमा एक÷एक वटा धारा बनाएर वितरण गरिएको उपभोक्ता समितिका अध्यक्ष रोजबहादुर छन्त्यालले जानकारी दिनुभयो ।
“घरघरमा धारा बनाएर पानी वितरण गरेपछि समयको बचत, सुविधा र जनजिवन सहजका भएको छ,” उहाँले भन्नुभयो “यसअघि पुरानो आयोजनाको सार्वजनिक धारामा पर्याप्त पानी नआउँदा समस्या भएको थियो ।” खानेपानी आयोजना निर्माणका लागि उपभोक्ताले प्रतिघर ४५ दिनका दरले श्रमदान गरेका थिए ।
सोही वडाको भेडिखाल्टामा नेवाको रु. दश लाख ५४ हजार ८७८, धवलागिरी गाउँपालिकाको रु. छ लाख ९४ हजार ८८२ अनुदान र उपभोक्ताको रु. चार लाख २३ हजार ७६९ बराबरको श्रमदानमा अर्को खानेपानी आयोजना निर्माण भएको छ । सो आयोजनाबाट ३९ वटा घरधुरी रहेको भेडिखाल्टामा सँगै जोडिएका दुई वटा घरले एउटा धारा प्रयोग गर्ने गरि ३४ वटा धारा बनाइएको वडा अध्यक्ष अमर छन्त्यालले जानकारी दिनुभयो ।
यसैगरी धवलागिरी गाउँपालिका–६ मा रु. १४ लाख ७३ हजार ४७० को लागतमा निर्माण भएको वेशी पन्थोक खानेपानी आयोजनाबाट २९ वटा घरधुरीका २१२ जनसंख्या लाभान्वित भएका छन् । जनविकास आधारभूत विद्यालय र प्रगति युवा क्लवको भवनमा पानी वितरण गर्न निजी धारा जडान गरिएको छ ।

Bhautik ministry notice about road

नेवाको रु. सात लाख ७७ हजार ९२, गाउँपालिकाको रु. तीन लाख ९९ हजार ४७५ अनुदान तथा उपभोक्ताको रु. ३३ हजार ४५९ नगद र रु. दुई लाख ४४४ बराबरको श्रमदानमा आयोजना निर्माण भएको हो ।

आगनकै धारामा नियमित स्वच्छ खानेपानी आपुर्ति हुन थालेपछि सुविधाका साथै पानीका लागि खर्चनुपर्ने समय बचत भएको स्थानीय भूमिका गर्बुजाले बताउनुभयो । आगामी वर्ष मालिका गाउँपालिकामा ६ वटा र मंगला गाउँपालिकामा ३ वटा खानेपानी आयोजना निर्माण गर्न लागिएको नेवाले जनाएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...