स्थापना दिवसको अवसरमा बेनी नगरपालिकाको लोगो सार्वजनिक

Gandaki Pardesh notice

बेनी । म्याग्दीको बेनी नगरपालिकाले आफ्नै लोगो बनाएको छ । दशौ स्थापना दिवसको अवसर पारेर बिहिबार नगर प्रमुख सुरत केसीले लोगो सार्वजनिक गर्नुभयो ।
नगरपालिकाले उत्कृष्ट लोगो डिजाइन गर्नेलाई रु. २५ हजार नगद पुरस्कार दिने घोषणा गर्दै सूचना जारी गरेको थियो । खुल्ला प्रतिस्पर्धा मार्फत लोगोको डिजाइन गरेको हो । प्राप्त भएका तीन वटा मध्य बेनी नगरपालिका–१० का खिमबहादुर खत्रीले पेश गरेको लोगोको डिजाइन छनौट समितिले छानेको थियो ।
नगरपालिकाका सूचना प्रविधि अधिकृत समेत रहेका खत्रीले लोगो बनाएवापत प्राप्त भएको पुरस्कार रकम अपाङ्ग बालबालिकाले पढ्ने स्रोत कक्षालाई उपलब्ध गराउने घोषणा गर्नुभएको छ । बेनी नगरपालिका–५ बगुवाखोलाको बौद्धिक अपाङ्ग र वडा नम्बर ४ सिंगाको बहिरा स्रोत कक्षालाई रु. १२ हजार पाँच सयका दरले सहयोग गर्ने खत्रीले बताउनुभयो ।
“शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र पूर्वाधार, स्वच्छ, सम्बृद्ध बेनी नगरको मुल आधार” भन्ने मुल नारा बनाएको नगरपालिकाको लोगोमा पालिकाको धार्मिक, ऐतिहाँसिक, पर्यटकीय, सांस्कृतिक पहिचान झल्कने चित्रहरु राखिएको छ ।


बेनीको दश वटै वडाको पहिचान झल्कने गरि लोगोको डिजाइन तयार पारेको खत्रीले बताउनुभयो । नगरपालिकाले कामकाजमा राष्ट्रियसँगै आफ्नो लोगो पनि प्रयोगमा ल्याउन प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकालले बताउनुभयो ।
वि.स. २०७१ जेठ २५ गते तत्कालीन अर्थुङ्ग, रत्नेचौर, ज्यामरुककोट, पुलाचौर र घतान गाविस समावेश गरेर नगरपालिका घोषणा भएकोमा राज्य पुनसंरचनाको क्रममा भकिम्ली र पात्लेखेत गाविसलाई पनि समेटिएको छ ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road


स्थापना दिवसको अवसरमा दश वटा वडाका एक÷एक जना विपन्न नागरिकलाई नगद रु. पाँच हजारका दरले आर्थिक सहयोग वितरण गरिएको नगर प्रमुख केसीले बताउनुभयो । वडा नम्बर १ देखि १० सम्मका क्रमश ः लक्ष्मी नेपाली, गोपाल सार्की, टेकबहादुर सुनार, बुद्धिमाया किसान, कमल बहादुर खत्री, खिमबहादुर नेपाली, पुजा बि.क., ज्ञानमाया क्षेठ, खमबहादुर राई र जालमाया रोकालाई आर्थिक सहयोग गरिएको प्रशासकीय अधिकृत युवराज थापाले बताउनुभयो ।


यसैगरी सार्वजनिक भएका एचआइभि संक्रमित दश जनालाई एआरभि औषधी लिन स्वास्थ्य संस्था जान आउने लाग्ने खर्च वापत रु. दश हजारका दरले सहयोग गरिएको नगर उपप्रमुख ज्योती लामिछानेले बताउनुभयो । स्थापना दिवसको अवसरमा नेपाल रेडक्रस सोसाइटीले सञ्चालन गरेको रक्तसञ्चार गृहको प्राबिधिक सहयोगमा गरिएको रक्तदान कार्यक्रममा १५ जना जनप्रतिनिधि, कर्मचारीहरुले रक्तदान गरेका छन् ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...