भकिम्लीको ठूलोखोलामा स्टिल ट्रस पुल निर्माण

Gandaki Pardesh notice

बेनी, । म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीको ठूलोखोलामा स्टिल ट्रस पुल निर्माण भएको छ ।
बेनी नगरपालिका, झोलुङ्गे पुल क्षेत्रगत सहयोग कार्यक्रम (स्वाप) र समुदायको रु. ३२ लाख ६८ हजार ७१६ को लागतमा पुल निर्माण भएको हो । ३२ मिटर लामो पुलबाट ५७ घरधुरीका ३५५ जनसंख्या लाभान्वित भएका उपभोक्ता समितिले जनाएको छ । पुल बनेपछि खोल्सामा यात्रा गर्दा सहज र सुरक्षित महसशु भएको स्थानीयबासीले बताएका छन् ।
स्वाप कार्यक्रमको रु. ३२ लाख ६८ हजार ७१६ र बेनी नगरपालिकाको रु. चार लाख २४ हजार ९३३ लगानी रहेको पुल निर्माणमा समुदायले रु. ६५ हजार ३७४ बराबरको श्रमदान गरेका छन् । २०७९ वैशाख ६ गते सम्झौता भएको पुल निर्माण कार्य गत वैशाख २५ गते सम्पन्न भएको थियो ।

Bhautik ministry notice about road


पुल निर्माण आयोजनाको बुधबार एक कार्यक्रमको आयोजना गरि सार्वजनिक लेखा परिक्षण र उद्घाटन गरिएको सामाजिक परिचालनको जिम्मा लिएको संस्था मिलन म्याग्दीका कार्यकारी निर्देशक दिलमाया बिटालुले बताउनुभयो ।
पुलको बेनी नगरपालिकाका प्रमुख सुरत केसीले उद्घाटन गर्नुभयो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकाल, बेनपा ३ का वडा अध्यक्ष पदम पुन, सदस्य रत्नबहादुर जिसी, नगरपालिकाका लेखा अधिकृत गोकुल शर्मा लगायतको उपस्थिति रहेको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...