लम्कि स्किन नियन्त्रण गर्न सांसद भण्डारीको माग

Gandaki Pardesh notice

बेनी, । गण्डकी प्रदेशसभा सदस्य हरि बहादुर भण्डारीले पशुमा फैलिएको लम्कि स्किन रोग नियन्त्रणको माग गर्नुभएको छ ।

प्रदेशसभाको बुधबार बसेको बैठकको शुन्य समयमा सांसद भण्डारीले म्याग्दी लगायत गण्डकीको मुस्ताङ र मनाङ बाहेकका जिल्लामा देखिएको लम्कि स्किनबाट गाईगोरु मरेर किसानलाई पुगेको क्षतिको बारेमा ध्यानाकर्षण गराउनु भएको हो ।

Bhautik ministry notice about road

९ वटा जिल्लामा १० हजार गाईगोरु संक्रमित भएको र ३१५ वटा मरेका छन् । लम्कि स्किन रोग नियन्त्रणका लागि निशूल्क खोपको व्यवस्थापन गर्न संसद मार्फत सरकारको ध्यानाकर्षण गराउनुभएको हो ।

Shreekrishna hardwear in news

संसद भण्डारीले प्रदेशसभामा प्रस्तुत आगामी वर्षको नीति तथा कार्यक्रमको छलफलमा भाग लिदै ब्यवहारिक कार्यान्वयनमा जोड दिनुभयो । नीति तथा कार्यक्रममा छुटेका विषयलाई बजेटमा सम्बोधन गर्न र नीति तथा कार्यक्रम अनुसारको बजेट बनाएर कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...