चोरी नियन्त्रण गर्न डाडाकटेरीमा सडक वत्ती

Gandaki Pardesh notice

बेनी, । पर्वतको जलजला गाउँपालिका–५ डाडाकटेरीमा चोरी नियन्त्रण गर्न सडकमा वत्ती जडान गरेर रातमा उज्यालो बनाउन थालिएको छ ।
डाडाकटेरीको शान्ति युवा क्लवले डाडाकटेरी गाउँ सबै रातमा उज्यालो देखिने गरेर सडक वत्ती जडान गरेका हुन् । क्लवका सचिव नारायण पुनले सबै टोल र घरलाई समेट्न गरेर १७ वटा वत्ती राखिएको बताउनुभयो ।
“केही समयदेखि चोरीका घटना बढेपछि निगरानी र नियन्त्रण गर्न सजिलो होस भनेर रातीमा गाउँ, चोक र टोललाई उज्यालो बनाउन सडक बत्ती जोडेका छौ,” उहाँले भन्नुभयो “गाउँमा निगरानी पनि बढाएका छौ ।”
अन्नपूर्ण–धवलागिरी सामुदायिक पर्यावरणीय पदमार्गमा समेटिएको डाडाकटेरीमा १८ घरधुरीको बसोबास छ । घरबाट नगद, गरगहना, खाद्यान्न, कुखुरा चल्ला र पसलका सामान चोरी हुन थालेपछि स्थानीयबासीले सुरक्षाको माग गरेका छन् ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...