कृषि ज्ञान केन्द्रको कार्यक्रमका लागि पालिकाबाटै आवेदन पेश गर्न सकिने

Sinchai Khanipani notice

बेनी । कृषि ज्ञान केन्द्र म्याग्दीले सञ्चालन गर्ने कार्यक्रमका लागि पालिकाबाटै आवेदन पेश गर्न सकिने भएको छ ।
कृषकहरुको सुबिधाका लागि स्थानीय तहका कृषि शाखाबाट ज्ञान केन्द्रमा आवेदन पेश गर्न पाउने ब्यवस्था मिलाएको हो । बेनी नगरपालिका बाहेक म्याग्दी र मुस्ताङका दश पालिकाका कृषकहरुले शाखा मार्फत केन्द्रले आव्हान गरेको प्रस्तावमा आवेदन पेश गर्न पाउने कृषि प्रसार अधिकृत गोबिन्द पाण्डेले जानकारी दिनुभयो ।
पालिका स्तरबाट आवेदन संकलन गर्ने विषयमा म्याग्दीका स्थानीय तहका कृषि प्राबिधिकहरुसँग बुधबार बेनीमा अन्तरक्रिया सम्पन्न भएको छ । पालिकामा कृषकले तोकिएको दाँचामा फारम भरेर बुझाएको आवेदन तथा प्रस्ताव प्राबिधिकहरु मार्फत ज्ञान केन्द्रमा ल्याएर दर्ता गरिने अधिकृत पाण्डेले बताउनुभयो ।
कृषि ज्ञान केन्द्रका प्रमुख गोबिन्दराज कोइराला र कृषि प्रसार अधिकृत पाण्डेले अन्तरक्रियाको सहजिकरण गर्नुभएको थियो । कृषि ज्ञान केन्द्र म्याग्दी मार्फत आर्थिक वर्ष २०७७÷७८ मा सञ्चालन हुने १७ वटा कार्यक्रमका लागि असोज १२ गतेदेखि एक महिने सूचना जारी गरेर आवेदन संकलन सुरु गरेको छ ।
साना सिचाई, स्थानीय कृषि उपज बिक्री केन्द्र स्थापना, कृषि उपज संकलन केन्द्र निर्माण, कलस्टरमा रैथाने बाली संरक्षण, आलु खेती प्रर्बधन बिशेष, साना ब्यवसायिक कृषि फार्म स्थापना तथा बिस्तार, नयाँ ब्यवसायिक कृषि उत्पादन केन्द्र (ब्लक), क्षेत्रफलको आधारमा तरकारी उत्पादनमा प्रोत्साहन सहयोग, बाँझो जग्गामा ब्यवसायिक खेति प्रोत्साहन र प्राङ्गारिक तथा रैथाने बाली प्रर्वद्धन कार्यक्रम सञ्चालन गर्न आवेदन माग गरिएको छ ।
म्याग्दी र मुस्ताङ जिल्लाका कृषक, कृषि फर्म, कृषक समूह, कृषि सहकारी, सामुदायिक बिउ बैंक ब्यवस्थापन समिति तथा जल उपभोक्ता समितिले २०७७ कात्तिक १२ गतेभित्र तोकिएको ढाँचामा आवेदन पेश गर्न पाउनेछन् । कृषि ज्ञान केन्द्रले स्थानीय तहमा कृषि कार्यक्रम तयार पार्नका लागि समेत सहजिकरण गरेर सघाएको मंगला गाउपालिकामा कार्यरत कृषि प्राबिधिक जगत बानियाले बताउनुभयो ।

Bhautik ministry notice about road
Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...