‘आर्थिक रूपान्तरणका लागि पोखरा र म्याग्दीको सहकार्य’

Gandaki Pardesh notice

बेनी, । म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवालले आर्थिक रूपान्तरणका लागि पोखरा र म्याग्दीका उद्योगी, व्यवसायीबीच सहकार्य हुनुपर्नेमा जोड दिनुभएको छ । दुई जिल्लाका उद्योगी र व्यवसायीबीच सहकार्य भए उद्यमशीलता विकास हुने उहाँको भनाई थियो ।
इम्ब्रोइडरी एण्ड गार्मेन्ट एसोसिएसन (एगा) पोखराले म्याग्दीको बेनीमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा अध्यक्ष कटुवालले उद्योग व्यवसायको प्रवद्र्धनमा पोखराले म्याग्दीलाई सघाउनुपर्ने खाँचो औंल्याउनुभयो ।
उहाँले म्याग्दीमा उत्पादित सामाग्रीको ब्राण्डिङका लागि सहयोग गरिदिन पोखरेली व्यवसायीसँग आग्रह गर्नुभयोे । म्याग्दी उद्योग वाणिज्य संघले म्याग्दीका ६ वटै पालिकामा इकाइ स्थापना गरेको जानकारी दिँदै सबै पालिकामा उद्यामशीलता विकासका लागि नीतिगतरुपमा पहल गरिरहेको बताउनुभयो ।
म्याग्दीको उत्पादन बजार प्रवर्द्धन गर्न सहजरुपमा जिल्ला बाहिर पठाउन सहजीकरण भइरहेको बताउनुभयो । एगा पोखराका अध्यक्ष ईन्द्र प्रसाद भण्डारीले उद्यमशीलताका माध्यमबाट आर्थिक समृद्धि हासिल गर्नेतर्फ लाग्नुपर्नेमा जोड दिनुभयो । उहाँले म्याग्दीका स्थानीय उत्पादनलाई बजारीकरण गर्दै अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउन एगाले सघाउने प्रतिवद्धता जनाउनुभयो ।
भविष्यमा सहकार्य गरेर ठूला उद्योग स्थापना गर्न सकिने सम्भावना रहेपनि तत्कालका लागि स्थानीय स्तरमा उत्पादित सामाग्रीको प्रवद्र्धनसँगै बजारीकरण गर्न सकिने र यसमा एगा सहकार्य गर्न तयार रहेको अध्यक्ष भण्डारीले बताउनुभयो ।
पर्यटन अभियान्ता कृष्ण केसीले पोखरासँग म्याग्दीको पर्यटकीय सम्बन्ध जोड्नुपर्ने बताउनुभयो । भएका पूर्वाधारको विकाससँगै प्रवर्द्धन र पर्यटन लक्षित कार्यक्रमलाई जोड दिँदै यहाँका स्थानीयको आयआर्जन बढाउनेतर्फ लाग्नु जरुरी रहेको उहाँको भनाइ थियो ।
‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बनेकाले म्याग्दी र मुस्ताङमा उत्पादन हुने अल्लो र लोकताका कपडालगायतको अन्तर्राष्ट्रिय बजारीकरण आवश्यक छ’, उहाँले भन्नुभयो । व्यवसायिक प्रवद्र्धनात्मक अध्ययन अवलोकन भ्रमण टोलीले स्थानीय उद्यमीलाई लक्षित गरी जोमसोम, ठिनी, उपल्लो मुस्ताङस्थित लोमान्थाङमा क्षमता अभिवृद्धि तालिम एवं अन्तरक्रिया गर्दै नेपाल र चीनबीचको सीमा कोरला नाकासम्मको प्रवद्र्धन गरिने एगाका उपाध्यक्ष गोकर्ण लम्सालले जानकारी दिनुभयो ।

Bhautik ministry notice about road

स्थानीय स्तरमा उत्पादन हुने अर्गानिक सामाग्रीको प्रवद्र्धन गर्ने लक्ष्यका साथ भ्रमण आयोजना गरिएको एगाका निवर्तमान अध्यक्ष विश्वराज पोखरेलले जानकारी दिनुभयो । सो अवसरमा म्याग्दीका नेपाली कागज उद्योगी मोतीराज गौतम र हिमाली अल्लो कपडा उद्योग बेनीकी अध्यक्ष विष्णुकुमारी गुरुङले कच्चा पदार्थ संकलन, उत्पादन र बजारीकरणका समस्याबारे चर्चा गर्नुभएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...