पाखापानीको गम्फु जंगलमा घाँस काट्न गएकी महिलालाई बाढीले बगायो

Gandaki Pardesh notice

बेनी, म्याग्दीको रघुगंगा गाउँपालिका–६ पाखापानीको गम्फु जंगलमा घाँस काट्न गएकी एक महिलालाई सोमबार बाढीले बगाएको छ ।
रघुगंगा–६ की २४ वर्षीया हरिमाया शेरपुञ्जाको बाढीले बगाएर मृत्यु भएको वडा अध्यक्ष मनकुमार शेरपुञ्जाले पुष्टि गर्नुभयो । ‘घास काट्न जंगल गएकी शेरपुञ्जा पानी परेपछि ओत लाग्न खोल्साको छेउमा बसेको अवस्थामा माथिबाट एक्कासी आएको बाढीले बगाएछ,’ उहाँले भन्नुभयोे ‘शव भेटिएको छ ।’
पाखापानी प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक गोर्वद्धन दुराको टोली घटनास्थलमा पुगेको छ ।

Bhautik ministry notice about road

जिल्ला प्रहरी कार्यालय बेनीबाट प्रहरी निरीक्षक कुमार गुरुङको नेतृत्वमा प्रहरीको थप टोली घटनास्थलतर्फ गएको छ ।
शेरपुञ्जासँगै घाँस काट्न गएकी कालावाङकी ३० वर्षीय दानदेवी पाईजा घाइते हुनुभएको छ । पाईजालाई थप उपचारका लागि बेनी अस्पतालमा ल्याइएको छ ।
यसैगरी वर्षाको पानीले रघुगंगा गाउँपालिका –८ कुइने मंगलेका दिलमान छन्त्यालको घर भत्केर पूर्णरुपमा क्षति पुगेको गाउँपालिकाका अध्यक्ष भबबहादुर भण्डारीले बताए । सोमबार दिउँसो म्याग्दीको उत्तरी क्षेत्रमा भिषण बर्षा भएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...