नर्वेकी क्रिस्टिल हरिलाले गरिन् अन्नपूर्णको सफल आरोहण

Sinchai Khanipani notice

बेनी,। नर्वेजियन पर्वतारोही क्रिस्टिल हरिला सोमबार म्याग्दी स्थित अन्नपूर्ण प्रथम हिमालको चुचुरोमा पुग्नुभएको छ । छ महिनाको अवधिमा विश्वमा रहेका आठ हजार मिटर अग्ला १४ वटा हिमालको आरोहण गरेर किर्तिमान बनाउने लक्ष्य सहित हरिला हिमाल आरोहणमा निस्कनुभएको छ ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण सहित हरिलाले आठ वटा हिमालको सफल आरोहण गरिसक्नु भएको छ । सोमबार बिहान ६ बजे हरिला र पाँच जना नेपाली पर्वतारोहीले अन्नपूर्ण हिमालको सफल आरोहण गरेका सेभेन समिट टे«क्सका प्रबन्ध निर्देशक थानेश्वर गुरागाईले बताउनुभयो ।

हरिला सेभेन समिट मार्फत अन्नपूर्ण आरोहण गर्न जेठ १९ गते आधार शिविर पुग्नुभएको थियो । हरिलासँगै तेन्जीन शेर्पा, पासाङ नेर्बु शेर्पा, लेक्पा तेम्बा शेर्पा, मिङ्मा तेन्जिन शेर्पा र लेक्पा ज्याल्जिन शेर्पाले अन्नपूर्णको सफल आरोहण गर्नुभएको गुरागाईले बताउनुभयो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

मौसम सफा र अनुकुल भएकाले हरिलालाई अन्नपूर्ण आरोहणका लागि धेरै समय पर्खनुपरेन् । अन्नपूर्ण जानुअघि हरिलाले एक हप्ताअघि म्याग्दीमै रहेको आठ हजार १६७ मिटर अग्लो धवलागिरि हिमालको सफल आरोहण गर्नुभएको थियो ।

हरिलाले चालु याममा अन्नपूर्ण, धवलागिरी, शिसा पाङ्मा, चो ओयु, मकालु, कञ्चनजङ्जा, सगरमाथा र ल्होत्से हिमालको आरोहण गरिसक्नुभएको सेभेन समिट टे«क्सले जनाएको छ । आरोहण टोली अन्नपूर्णको चुचुरोबाट आधार शिविर फर्किएको आरोहणको समन्वय गर्नुभएका म्याग्दीको दानाका पर्यटनकर्मी ईन्द्रिसिंह शेरचनले जानकारी दिनुभयो ।

सन २०१९ मा म्याग्दीको दानामा जन्मिएर हाल बेलायतमा बसोबास गर्नुहुने निर्मल पुर्जाले छ महिना छ दिनमा आठ हजार मिटर अग्ला १४ वटा हिमालको आरोहण गरेर किर्तिमान बनाउनुभएको थियो ।

पुर्जाको किर्तिमान तोड्ने लक्ष्य राखेकी हरिलाले गत वर्ष १२ वटा हिमाल आरोहण गरेर चीन तर्फका दुई वटा हिमाल आरोहण गर्न अनुमति नपाएपछि सफल हुनुभएन् । चालु याममा चोयु र सिसापाङमा हिमाल आरोहण गरिसक्नुभएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...