रत्नेचौरको बेलबोटमा खाडलमा गाडेको अवस्थामा महिलाको शव फेला

Gandaki Pardesh notice

बेनी . म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरको बेलबोटमा बुधबार दिउँसो खाडलमा गाडेको अवस्थामा एक महिलाको शव फेला परेको छ ।

Bhautik ministry notice about road

बेलबोटकी ४३ वर्षीया माया सार्कीको शव खाडलमा गाडेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । अनुन्धानका लागि मायाका श्रीमान ३९ वर्षीय बिरबहादुर सार्कीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरिक्षक धु्रबप्रसाद शर्माले बताउनुभयो ।

घर देखि करिब १५ मिटरको दुरीमा मायाको शव भेटिएको थियो । शरिरमा चोटपटक नदेखिएपनि हत्या गरेर खाडलमा गाडेको हुन सक्ने प्रहरी निरिक्षक शर्माको भनाई छ । सार्कीका छोरा छोरीले प्रहरीले दिएको बयान अनुसार मंगलबार राती अबेरसम्म दुवै जनाले मदिरा सेवन गरेर झगडा गरेका थिए ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...